प्याज अचाक्ली महंगो : प्रतिकिलो २०० रुपैयाँ

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै बढेर अचाक्ली महंगो भएको छ ।

प्याजको मूल्य आकाशिएसँगै स्थानीय उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ ।


Advertisement

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ ।

प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्कासि २०० रुपैयाँ पुगेको स्थानीय इन्दिरा ताम्राकारले बताइन् । भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीले बताउँदै आएका छन् ।


Advertisement

भारतमा ढिलो गरी शुरू भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्