नेपाली फूटबल टिमका ४ खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको हो ।
बर्खास्त हुनेमा स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीछन् ।
उनीहरू गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।
लोकान्तर संवाददाता