प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, पुनः गरियो हेमोडायलासिस

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली शनिवार ग्राण्डी अस्पताल गएका छन् ।

अस्पताल पुगेका ओलीको हेमोडायलासिस गरिएको ग्राण्डी अस्पतालले जनाएको छ ।


Advertisement

अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवाली र प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली उपचारका लागि अस्पताल आएका जनाएका छन् ।


Advertisement

‘हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ । आज मिति २०७६ कात्तिक ३० गते उपचार पश्चात् उहाँ प्रधानमन्त्री निवास पाल्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

पढ्नुस् प्रेस विज्ञप्ति –

कमेन्ट गर्नुहोस्