×

NMB BANK
NIC ASIA

मुलुकसामु देखिएका चुनौतीको सामना गर्नुपर्छ : नेता नेपाल

कात्तिक ३०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकसामु देखिएका जुनसुकै चुनौतीलाई पनि साहस र धैर्यताका साथ सामना गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

Muktinath Bank

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले राम्रो परिवार र सामाजिक परिवेष्ट राम्रो भए मात्र देशको अवस्था पनि राम्रो हुने उल्लेख गर्दै निरासालाई समाप्त पार्दै आशामुखी बन्न सबैलाई आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेखिका उषा थपलियाद्वारा लिखित ‘नारी हारेकी छैन’ र बालप्रतिभा संविदा वाग्लेको ‘नवपल्लव’ कृतिको विमोचन गर्दै उनले भाषा र साहित्य सिर्जना सिंगो समाजलाई सही मार्गमा डोर्‍याउने सशक्त माध्यम भएको बताए ।


Advertisment
Nabil box
Kumari

समाजमा रहेका विभिन्न विकृति र विसङ्गतिविरुद्ध सिर्जनाको माध्यमबाट सशक्त आवाज उठाउन युवापुस्तालाई आग्रह गर्दै उनले भने, ‘हामी कहिलेकाहीँ नकारात्मक कुरालाई बढी प्रवद्र्धन गछौं । निरासावाद र शिथिलताले सिर्जनाको यात्रालाई पूर्ण्बिराम लगाइ दिन्छ, आशावादले चुनौतीको सामना गरी नयाँ सिर्जनामा प्रेरित गर्दछ, त्यसैले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि हरेश खानु हँुदैन र चुनौतीको समाना गरेर अघि बढ्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

वरिष्ठ नेता नेपालले विमोचित पुस्तक ‘नारी हारेकी छैन’ र ‘नवपल्लव’ को विषयवस्तुको गाम्भीर्यता र लेखन प्रस्तुतीको प्रशंसा गर्दै महिला समुदायलाई आशावादी भएर निरन्तर सत्कर्ममा लाग्न उत्साह पैदा गर्ने कृति नेपाली साहित्यका लागि नयाँ उपहार भएको बताए ।

प्रा. गोविन्दराज भट्टराईले विशिष्ठ प्रतिभा भएको बाललेखिका संविदाको पुस्तक ‘नवपल्लव’ हरेक शिक्षालय र पुस्तकालयका लागि पठनयोग्य सामग्रीका रुपमा आएको बताए । दुवै कृतिको समीक्षा गर्दै सहप्राध्यापक डा. शैलेन्दुप्रकाश नेपालले नेपाली परम्परा र संस्कृतिलाई पश्चिमी चश्मा लगाएर हेर्ने प्रवृत्ति र उग्रनारीवादलाई समन्वयात्मक दृष्टिकोण रहेको पुस्तकमा नारीको परिवार, समाजदेखि सत्तासम्म भोगेको बेहोरेको अवस्थालाई सम्प्रेषण गरिएको उल्लेख गरे ।

उपप्राध्यापक ज्ञानु अधिकारीले विगतका कृतिमा नारीको पीडा, हकअधिकार आदि कुरालाई समेटिने गरेपनि ‘नारी हारेकी छैन’ नामक कृतिले नारी समाजमा सक्षम छन्, अवसर पाए जेपनि गर्न सक्छन् भन्ने सन्देश दिएको बताए ।

प्राज्ञ सदस्य लक्ष्मी उप्रेतीले नारी शक्ति कहिल्यै हार्दिनन् भन्ने सन्देश पुस्तकले दिएको बताए । ओरेण्टियल पब्लिकेसनले प्रकाशन गरेको पुस्तक ‘नारी हारेकी छैन’ भित्र ५३ लेख समावेश छन् भने ‘नवपल्लव’ मा लेखिकाले कक्षा ३ मा अध्ययन गर्दा सात वर्षको उमेरदेखि एसइईसम्मको अध्ययन अवधिमा घुमेका गन्तव्य, भोगेका विषयवस्तु र विभिन्न पत्रपत्रिकामा लेखेका रचनालाई सरल र सटिक ढंगले प्रस्तुत गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x