हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु, प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चितवनको माडी नगरपालिका वडा नं १ स्थित बरुवाका २ स्थानीयको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । 

प्रचण्डले उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । मृतक परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न पनि प्रचण्डले सरकारसँग माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रचण्डले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह  पनि गरेका छन् । 
जंगली हात्तीको आक्रमणबाट शनिबार ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको थियो । माडी प्रचण्डको निर्वाचन क्षेत्र हो । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्