×

NMB BANK
NIC ASIA

नख्खु कारागार ल्याइनु अघि प्रहरी र आलमबीच भएको थियो यस्तो सम्वाद

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ ।प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ ।आलम (झर्किंदै):म अन्त जान्नँ ।

Muktinath Bank

प्रहरीःतपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ ।
आलमःकुन कारागार लाने कुरा छ ? डिल्लीबजार कि अन्तै ?
प्रहरीःडिल्लीबजार होइन, नख्खु ।
आलमःनिकै टाढा छ कि क्या हो ?
प्रहरीःछैन, नजिकै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो । त्यस क्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो । टोली ७ घण्टापछि शनिबार बिहान ४ बजे ललितपुरस्थित नख्खु कारागार आइपुगेको थियो । प्रक्रिया पुर्‍याई आलमलाई कारागारको जिम्मा लगाएर प्रहरी टोली फिर्ता भइसकेको छ ।

Vianet communication
Laxmi Bank

रौतहटका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार तत्काल प्राप्त प्रमाणका आधारमा आलमलाई कारागारमा राखेर पुर्पक्ष हुने आदेश सुनाएको थियो । अदालतले आलमलाई सुरक्षित कारागारमा राख्न र घटनाका साक्षी तथा पीडितको सुरक्षामा विशेष ध्यान दिन पनि आदेश दिएको थियो ।

स्रोतका अनुसार अदालतको आदेशपछि रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीसँग समन्वय गरेका थिए । प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई यसबारे जानकारी गरायो । लगत्तै गृहसचिव प्रेमकुमार राईले आलमलाई नख्खु कारागार ल्याउन निर्देशन दिए । त्यसअघि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको ‘थ्रेट एनालाइसिस कमिटी’ ले आलमलाई राजधानीकै कारागार पठाउनुपर्ने निर्णय गरेको थियो । ‘रौतहट कारागारमै राख्दा समर्थन र विरोधका क्रममा उत्पन्न हुन सक्ने परिस्थिति आकलन र अदालतको आदेशअनुसार उनलाई नख्खु कारागार पठाइएको हो,’ एसपी खत्रीले कान्तिपुरसँग भने, ‘पुर्पक्ष गरिएका आरोपितलाई सुरक्षित स्थानमा राख्नु र साक्षी तथा पीडितको सुरक्षा गर्नु हाम्रो दायित्व हो, त्यसैअनुसार निर्णय लिएका हौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x