×

NMB BANK
NIC ASIA

मम नामः कुरैशी : भारतको एक संस्कृत विद्यालयमा ८० प्रतिशत विद्यार्थी मुसलमान

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पद्मासनमा बसेका विद्यार्थीहरूलाई संस्कृतको श्लोक उच्चारण गरेको देख्दा सुन्दा कुनै विद्यालय नभई गुरुकुलको आभास दिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

यो दृश्य राजस्थानको राजधानी जयपुरको राजकीय ठाकुर हरिसिंह शेखावत मंडावा प्रवेशिका संस्कृत विद्यालयको हो । यस सरकारी विद्यालयमा ८० प्रतिशत विद्यार्थी मुसलमान छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस राजकीय विद्यालयमा पढ्ने कुल २७७ विद्यालयमा २२२ मुसलमान छन् । यहाँका विद्यार्थीका लागि संस्कृत जीवन जिउने एक तरिका बन्न गएको छ । संस्कृत विद्यालयमा पढ्ने विद्यार्थीहरूका लागि संस्कृत अध्यापन करीयरको एक राम्रो विकल्प हो । 


Advertisment
Nabil box
Kumari

उक्त विद्यालयमा पुग्दा एक विद्यार्थीले आफ्नो परिचय संस्कृतमा गराउँदै भनिन्, ‘मम नाम इल्मा कुरैशी’ । अनि अन्य विद्यार्थीहरूले पनि आफ्ना साथीहरूसँग मिलेर अनेकौं श्लोक सुनाए । 

Vianet communication
Laxmi Bank

इल्मा चार कक्षामा पढ्छिन् र परिवारसँग डेरामा बस्छिन् । उनको घर हनुमान मन्दिरको परिसरसँग जोडिएको छ । मन्दिरमा दिनदिनै हनुमान चालीसा पाठ गरिन्छ र इल्मालाई त्यो पूरै याद छ । 

त्यसै विद्यालयमा पढ्ने उनका भाइ रेहान कुरैशी पनि संस्कृतका कठिन वाक्यहरू केही मिनटभित्र याद गर्न सक्छन् । 

इल्मा हरेक दिन साँझपख मदरसा पनि जान्छिन् र धार्मिक शिक्षा लिन्छिन् । विद्यालयका प्रधानाध्यापक वेदनिधि शर्माले मुसलमान बालबालिकालाई संस्कृत, अरबी, हिन्दी र ऊर्दू भाषामा निपूणता रहेको बताए ।

शर्माले भने, ‘उनीहरूले विभिन्न भाषा जानेकाले संस्कृतका कठिनतम शब्द पनि राम्रो गरी उच्चारण गर्छन् । यिनीहरू संस्कृतमा जहिले पनि राम्रो अंक ल्याउँछन् । त्यसैले गर्दा हाम्रो विद्यालय अन्यभन्दा राम्रो छ । धेरैजसो विद्यार्थी गरीब परिवारका हुन् र पढाइ सकेपछि उनीहरू काम गरेर परिवारको सहायता गर्छन् ।’

तर पढ्दापढ्दै बीचैमा विद्यालय त्याग्ने विद्यार्थीको संख्या धेरै भएकोमा उनी चिन्ता पनि व्यक्त गर्छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x