जापानको यो होटलमा एक रातको जम्मा १३८ रुपैयाँ, यस्तो छ शर्त (भिडियो)

जापानको फुकुओका शहरमा एक होटलमा राति बसेको भाडा जम्मा १३८ रुपैयाँ छ । तर होटलले कोठाको रातभरि यूट्युबमा लाइभ स्ट्रीमिङ गरिने शर्त राखेको छ । 

होटलको नाम बिजनेस रियोकन असाही हो र अफरको फाइदा उठाउनका लागि पाहुनाले आफ्नो प्राइभेसीसँग सम्झौता गर्नुपर्ने हुन्छ । 


Advertisement

आफ्ना प्रशंसकसँग साक्षात्कार गर्नका लागि लाइभ स्ट्रीमिङ गर्ने इन्फ्लुएन्सर र ब्लगरहरूका लागि होटल सर्वाधिक उपयुक्त स्थान बनेको छ । 


Advertisement

यस होटलका कोठाहरूमा हरेक कुनामा नजर राख्नका लागि क्यामरा फिट गरिएको छ । लाइभ स्ट्रीमिङका बेलामा कस्टमरले कुनै गीत बजाएर यूट्युबका कपीराइट उल्लंघनको स्थिति नआओस् भनेर कोठामा कुनै पनि किसिमको माइक्रोफोन जडिएको छैन । 

बिजनेस रियोकन असाहीमा सस्तो दरमा कोठाहरू दिइने गरिन्छ । त्यसैले ग्राहकहरूलाई आकर्षित गर्नका लागि अफर ल्याइएको हो । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्