नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कांग्रेस नेतासमेत रहेका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो ।
सभापति देउवाले उनको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व सेतीमायाँ भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे ।
लोकान्तर संवाददाता