×

NMB BANK
NIC ASIA

क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरू गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् । 

Muktinath Bank

अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ७ देखि दिउँसो २ः३० बजेसम्म बहिरङ्ग टिकट काटिन्छ भने त्यसपछि तीन घण्टा विस्तारित स्वास्थ्य सेवाका लागि टिकट काटिने छ । गर्मी महिनामा यो समय एक घण्टा थपिनेछ ।


Advertisment
Nabil box
Kumari

विस्तारित सेवामा बहिरङ्ग टिकट नेपाल सरकारले तोकेअनुसार केही थप लाग्नेछ भने रेडियोलोजी, प्याथोलोजी, श्ययालगायतमा थप शुल्क लाग्नेछैन । विस्तारित सेवामा शल्यक्रियामा नियमितभन्दा ५० र रेडियोथेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्ने आचार्यले जानकारी दिए । उनका अनुसार अस्पतालको नियमित सेवामा सबैभन्दा महङ्गो शल्यक्रियाको रु ३० हजार पर्ने गर्दछ । 

Vianet communication
Laxmi Bank

सोही शल्यक्रिया विस्तारित सेवामा गर्दा रु ४५ हजार पर्दछ भने बाहिर निजी अस्पतालमा गर्दा रु दुई लाखसम्म पर्ने गर्दछ ।

शल्यक्रियापछि र अघि अस्पतालमा हुने अन्य केही सेवामा बाहेक अतिरिक्त शुल्क नहुने हुँदा बिरामीलाई बाहिरको तुलनामा निकै कम शुल्क लाग्ने आचार्यको भनाइ छ । बिरामीको चाप नियमति रूपमा धान्न नसकेपछि पालो कुर्न र निजीमा धाउनु नपरोस् भन्ने उद्देश्यले विस्तारित सेवा शुरू गरिएको हो । 

अस्पताल स्थापना हुँदा अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर अस्पतालमा मात्र काम गर्नुपर्ने व्यवस्था गरिएको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएको थिएन ।

आचार्यले यस सेवासँगै बिरामीले सुविधा र चिकित्सक कर्मचारीले अतिरिक्त पारिश्रमिक पाउने बताए । सबै विभाग नियमित सञ्चालनका लागि पालो मिलाइएको उनको भनाइ छ । अस्पतालले शिक्षण अस्पताल, सिभिल, गङ्गालाल र धरानको नमूनालाई हेरेर यहाँको व्यावहारिक अवस्थासमेतलाई मनन गर्दै नयाँ ढङ्गले विस्तारित सेवा शुरू गरेको हो । 

बीस वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । तीमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । यसअघि आर्थिक वर्ष २०७४/७५ मा एक लाख २१ हजार १३५, आर्थिक वर्ष ०७३/७४ मा एक लाख १३ हजार ७९९ र आर्थिक वर्ष २०७२/७३ मा एक लाख १२ हजार १७६ जनाले सेवा लिएका थिए । 

अस्पतालमा उपचार गराएकामध्ये आर्थिक वर्ष २०७४/७५ मा छ हजार २९६, आर्थिक वर्ष २०७३/०७४ मा चार हजार ५४८ र आर्थिक वर्ष २०७२/०७२ मा पाँच हजार चार जनामा क्यान्सर पहिचान भएको थियो ।

अस्पतालमा पछिल्ला वर्षमा सेवा विस्तारलाई तीव्र पारिएको छ । आचार्यका अनुसार एमआरआई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमित सञ्चालनमा ल्याइएको छ । रेडियोथेरापीको सेवालाई गुणात्मक र संख्यात्मकरूपमा वृद्धि गरी अत्याधुनिकीकरण गरिएको उनले बताए ।

अस्पतालमा गत वर्ष ल्याइएको क्लिन्याक नाइन, अंको सिटी स्क्यान उपकरण र शरीरको भित्री भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने ब्राकी थेरापी उपकरणका कारण बिरामीलाई सेवा पुर्‍याउन सहज भएको छ । अस्पतालको प्याथोलोजी विभागमा नयाँ उपकरण थप गरी आधुनिकीकरण गरिएको छ ।

दुई/दुई घण्टामा बिरामीको रगत परीक्षणको नतिजा दिइने गरिएको छ । आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । रक्त क्यान्सरका पीडित बिरामीलाई आधुनिकस्तरको सेवा दिन हेमाटो अंकोलोजी विभाग शुरू गरिएको आचार्यले बताए । अस्पतालमा विभिन्न खालका क्याबिन सञ्चालनमा आएका छन् । अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा आइसकेको छ । 

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी निकै सस्तोमा औषधि वितरण गरेको छ । एक सय श्ययाबाट शुरू भएको अस्पताल हाल ४५० श्यया सञ्चालनमा रहेको छ । नारायण अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x