×

NMB BANK
NIC ASIA

विद्युत् उत्पादन बढेपछि खपत बढाउन इन्डक्सन चुल्हो प्रयोगका लागि अपिल गर्दै प्राधिकरण

मंसिर १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैंले प्रक्षेपण गरेको योजनाअनुसार नै वार्षिक १० प्रतिशतको दरमा विद्युत्को माग बढ्नुपर्ने थियो । तर पछिल्ला दिनमा प्राधिकरणको अपेक्षाअनुसार विद्युत् माग बढ्न सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्दै विद्युत् खपतको रणनीतिक योजना अगाडि सारेको हो ।  यस्तै,  वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तररूपमा अगाडि बढाउने लक्ष्यका साथ काम शुरू गरिएको छ । 


Advertisment
Nabil box
Kumari

हाल प्राधिकरणको प्रणालीमा आफ्नै आयोजनाबाट १० हजार ६४२ मेगावाट घण्टा, निजी क्षेत्रबाट नौ हजार ३२१ मेगावाट घण्टा विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा उपलब्ध हुने विद्युत्को मात्रा हाल उपलब्ध भएको भन्दा बढी हुनेछ । त्यस आधारमा पनि विद्युत् खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण पुगेको छ । 

Vianet communication
Laxmi Bank

सोही अवस्थालाई मध्यनजर गरेर प्राधिकरणले वितरण केन्द्रलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप गर्न स्तरोन्नतिको कामलाई अगाडि बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्पादित विद्युत् खेर जान नदिई खपत बढाउनका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु आजको प्रमुख चुनौती रहेकाले तत्कालै काम शुरु गर्नु जरुरी भइसकेको छ । 

“विद्युत् खपत बढाउन घरघरमा इन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेशन खोल्ने गरी अगाडि बढिरहेका छौँ, इन्डक्सन चुल्हो र चार्जिङ स्टेशनको लोड धान्ने गरी संरचनागत व्यवस्था गर्नु जरुरी भइसकेको छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले विशेषगरी काठमाडौं उपत्यकामा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्ने तयारी थालेको र कार्यान्वयनका लागि पनि सम्बन्धित वितरण केन्द्रले उत्तिकै ध्यान दिनु जरुरी भइसकेको उनको भनाइ छ । 

उभोक्ताले चाहिए जति विद्युत् खपत गर्ने वातावरण बनाउन पनि वितरण प्रणाली विश्वसनीय र भरपर्दो बनाउनुपर्नेछ ।

कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने बताए । उनका अनुसार उपभोक्ताको घरघरमा विद्युत् पुर्‍याउन प्राधिकरणले ५०, १००, २००, ३०० र ५०० केभिए क्षमताका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ । माग बढ्दा त्यसको क्षमता पनि क्रमैसँग बढाउनुपर्ने आवश्यकता रहेको छ । 

प्राधिकरणले तीन वर्षमा नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभिए क्षमताका वितरण सबस्टेशन प्रणालीमा थप गरेको छ । करिब दश हजार वितरण ट्रान्सफर्मरहरु थप जडान गरी करिब एक हजार मेगावाट बराबरको वितरण क्षमता बढाइएको छ । यसलाई अझै बढाउनुपर्ने अवस्था रहेको छ । 

चालू आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोशी (४५६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण छ । 

सरकारले विद्युत्को पहुँच र  खपत बढाउन तीन वर्षभित्रमा मुलुकभर शत्प्रतिशत विद्युतीकरण गर्ने योजना अगाडि सारेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाका रूपमा घोषणा गर्ने तयारी गरेको छ । 

उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले भने, “समस्या समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने र उद्योगलाई विद्युत् आपूर्ति दिन सहजीकरण गर्नुपर्छ ।”

विद्युत् खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनमा लाग्दै आएको थप शुल्कसमेत घटाएको छ । त्यसबाट उद्योगीले थप विद्युत् खपत गर्ने वातावरण तयार हुने विश्वासमा प्राधिकरण छ । 

यस्तै उपभोक्तालाई मिटर लिन प्रोत्साहित गर्ने, जग्गाधनी पुर्जा नभएका भूमिहीन तथा सुकुम्वासीलाई पनि मिटर सहजरूपमा दिने, स्थानीय तहको  सिफारिसबिना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण दिने काम पनि प्राधिकरणले गरिरहेको छ ।

यसबाट विद्युत् खपत बढ्ने प्राधिकरणको अपेक्षा छ । रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x