समाजको अभिभारा पूरा गर्न प्रविधि आवश्यक छ– मन्त्री भण्डारी

फाइल फोटो

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले समाज रुपान्तरणको अभिारा पूरा गर्न प्रविधिको उच्च प्रयोग गर्नुपर्ने बताएका छन् ।

इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा शुरू भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम बिषयक कार्यशालालाई उदघाटन गर्दै मन्त्री भण्डारीले राजनीतिज्ञले जहिले पनि प्रविधि र सूचनाको प्रयोग गर्नुपर्ने बताए ।


Advertisement

‘अहिलेको युग सूचना र प्रविधिको युग हो, यसको अधिकतम प्रयोग गर्न सके समाजलाई सजिलै रुपान्तरण गर्न सकिन्छ,’ मन्त्री भण्डारीले भने, ‘त्यसकालागि प्रविधिमैत्री बन्न जरुरी छ ।’


Advertisement

उनले विश्वलाई सूचना तथा प्रविधिले एक गाउामा रुपान्तरण गरेको बताउँदै समाजलाई ड्राइभ गर्ने जनप्रतिनिधिहरूले सूचना र प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताए ।

युएनडीपीको संसद सहयोग परियोजनाले आयोजना गरेको दुईदिने कार्यशालामा कर्णाली प्रदेश सभाका १६ जना सदस्यको सहभागिता छ ।

सञ्चार विज्ञ लक्ष्मणदत्त पन्त तथा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले प्रशिक्षण दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्