×

NMB BANK
NIC ASIA

सुजुकीको ‘एस–प्रेसो’ नेपालमा, यस्ता छन् आकर्षक विशेषता

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फर्स्ट एसयूभी’ सार्वजनिक गरेको छ ।

Muktinath Bank

‘बोल्ड अनि पावरफूल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरूभन्दा भिन्न देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।


Advertisment
Nabil box
Kumari

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत विक्री वितरण हुनेछ । सुजुकीले ‘एस–प्रेसो’मा ‘वेस्ट–इन–क्लास’ फिचरहरू समेत लोड गरेको छ । 

Vianet communication
Laxmi Bank

‘हामीले ‘ग्राहक नै पहिलो प्राथमिकता’ भन्ने आदर्शलाई सदा अनुशरण गर्दै आएका छौं । ग्राहकको दैनिकीलाई सहज बनाउन समयसापेक्ष उत्पादन उपलब्ध गराउन हामी प्रयत्नरत  छौं । ‘एस–प्रेसो’को लन्च हामी हाम्रा ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’मा ‘बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी’ उपलब्ध गराउन प्रतिबद्ध छौं भन्ने तथ्यलाई प्रमाणित गरेको छ । ‘एस–प्रेसो’ बीएस ६ मापदण्डमा आधारित छ जुन वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो । हामीलाई विश्वास छ, ‘एस–प्रेसो’ले यो सेग्मेन्टमा नयाँ उत्साह सिर्जना गर्नेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

डिजाइनः एसयूभी अपिल, आधुनिक र  बोल्ड’  

सुरक्षाः सुजुकीको प्याटेन्टेड हार्टटेक्ट प्ल्याटफर्मको पाँचौं पुस्ताले नयाँ ‘एस–प्रेसो’लाई बलियो र कठोर बनाइदिएको छ । यसमा राखिएका १० भन्दा बढी सेफ्टी फिचरले यसलाई सेग्मेन्टकै सबैभन्दा सुरक्षित कार बनाएको छ । 

प्रविधिः ‘बीएस ६ कम्प्लाइन्ट’ १.० लिटरको ‘के टेन’ इन्जिनजडित ‘एस–प्रेसो’ले २१.७ केएमपीएल सम्म माइलेज दिन्छ । साथै, यसमा कनेक्टिभिटीको लागि ‘स्मार्टप्ले स्टुडियो इन्फोटेन्मेन्ट सिस्टम’ राखिएको छ । 

दमदार एक्सटेरियर

नयाँ सुजुकी ‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयूभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयूभीको स्वरूप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’को अनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’ दिएको छ । साथै, ‘ ज्ञडण्mm हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरूपलाई आर१४ टायरजडित वर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ । 

यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदिएको छ । चौडा ‘सि–सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्र बनाएको छैन सडकमा सहजै चिन्नसकिने बनाएको छ । 

‘युनिक र युथफुल’ इन्टेरियर

सुजुकी ‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ । 

‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रुम’समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याक कलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ । 

‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ । यसमा ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरू रहेका छ ।

रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’

‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’ वा अन्य कुनै ‘स्मार्टप्ले स्टुडियो एक्प कम्पेटिबल’ छ । 

‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’ इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी अद्वितीय माइलेज दिन्छ ।

बेजोड ‘सेफ्टी फिचर’

यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ । 

यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरू रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x