×

NMB BANK
NIC ASIA

दोस्रो गलकोट घुम्टे महोत्सव: हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिकस्थलको दृश्य अवलोकन मुख्य आकर्षण

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मङ्सिर ४ गतेदेखि शुरू हुने 'दोस्रो गलकोट घुम्टे महोत्सव २०७६'ले गल्कोटमा उल्लासमय वातावरण सिर्जना गरेको छ । मंसिर ४ गते देखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकप्टरमार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकनसँगै पूजाअर्चना गर्न पाउने सुविधा ।

Muktinath Bank

यसपाली महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकोप्टरमार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाइने छ । यसका लागि अहिले आवश्यक गृहकार्य भइरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकप्टरमार्फत गलकोटदेखि पर्यटकीय नगरी ढोरपाटनसम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

हेलिकप्टरमार्फत दृश्य अवलोकन गर्न इच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकप्टरमार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकनसँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताए ।

झण्डै १३ वर्षपछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकप्टरमार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

हेलिकप्टर दृश्यावलोकनमा कति खर्च गर्नु पर्छ त ?

न्युनतम ५ मिनेटसम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्न पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने छ । २ सय जना भन्दा बढी भएमा ६ हजार ५ सय लाग्ने बताइएको छ ।

त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकनसहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनका लागि १५ मिनेट समयको १५ हजार शुल्क निर्धारण गरिएको छ । गलकोटसहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकप्टरमार्फत अवलोकन गर्न ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले बताए ।

महोत्सव अवधिभर कुन कुन दिन उडान हुन्छ त हेलिकप्टर ?

हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानका लागि महोत्सवको टाइटल स्पोन्सर प्रभु ग्रुपसँग सम्झौता गरिसकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले जानकारी दिए ।

महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा प्रभु हेलिकप्टरले उडान भर्ने छ । त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गरिएको हेलिकप्टर व्यवस्थापन समितिका संयोजक सुवेदीले बताए । महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भइरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले जानकारी दिए ।

गलकोट क्षेत्रमा हेलिकप्टर मार्फत दृश्यावलोकन गर्ने अवसर पहिलो भएकोले पनि निकै आर्कषणको रुपमा हेरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकप्टरमार्फत दृश्यावलोकनका निम्ति अनलाईन र टेलिफोनमार्फत टिकट बुकिङ गर्न सकिने बताइएको छ ।

हेलिकप्टरको टिकट बुकिङ गर्न ९८५११७३५८५ मा सम्पर्क गर्न सकिनेछ भने अनलाइनबाट टिकट बुकिङ गर्न तल रहेको लिङ्कमा क्लिक गर्नुपर्ने हुन्छ । थम्मन थापा/बाग्लुङ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x