हङकङमा प्रहरी अधिकारीलाई हानियो वाण (भिडियो)

हङकङमा भइरहेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीमाथि वाण प्रहार गरेका छन् ।

हङकङको लो लुङ हाङमा आइतवार हङकङ पोलिटेक्निक विश्वविद्यालय नजिक प्रदर्शकारीहरूले ती प्रहरी अधिकारीको गोडामा वाण प्रहार गरेका हुन् । 


Advertisement

वाण प्रहारको शिकार बनेपछि ती प्रहरी अधिकारीलाई अस्पताल लगिएको छ ।


Advertisement

हङकङ प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रतिर नजान सुझाव दिएको छ ।

घटना हुँदा ती अधिकारीले सञ्चार सम्पर्क अधिकृत (मिडिया लियाजोन) का काम गरिरहेको हङकङ प्रहरीले आफ्नो आधिकारिक फेसबूक पेजमा जनाएको छ ।

हङकङमा विगत पाँच महिनादेखि विरोध प्रदर्शन भएका कारण अशान्ति छाएको छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्