×

NMB BANK
NIC ASIA

नेपालकै पहिलो संस्कृत पाठशालामा पुनः संस्कृत पढाइनुपर्ने माग

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विसं १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले स्थापना गरेको संस्कृत पाठशालामा पुनः संस्कृत अध्ययन अध्यापनको वातावरण बनाउन माग गरिएको छ ।

Muktinath Bank

नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले आइतवार आयोजना गरेको ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सरोकार भएका निकाय एवं व्यक्तिले १२ वर्षे द्वन्द्वका क्रममा पठनपाठन बन्द गरिएको संस्कृत फेरि पढाउन शुरु गरिनुपर्नेमा जोड दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शिक्षा र संस्कृतिलाई परिवर्तन आत्मसात गर्ने गरी अघि बढाइनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

षडानन्दले चेतनाको ज्योति शिक्षामार्फत छरेकाले त्यसलाई पुनःस्थापित गरिनुपर्ने उनको भनाइ थियो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले सौर्यशक्तिको उपासना गरी दिङ्लाबाट विश्वभर अध्यात्मको ज्योति जगाएकामा हाल निभेको ज्योतिलाई पुरानै स्वरुपमा फर्काउने महात्माको आवश्यकता रहेको बताए ।

Vianet communication
Laxmi Bank

प्रदेश नं १ का प्रदेशसभा सदस्य राजेन्द्र राईले क्रियात्मक ज्ञान दिनसकेमात्र संस्कृत भाषा फेरि पढाउन सकिने भएकाले यसतर्फ सोच विचार गर्न आह्वान गरे । जातजातिका भाषा पनि सो विद्यालयका पढाइनुपर्ने उनको माग थियो ।

षडानन्द नगरपालिकाका नगरप्रमुख वीरबल राईले चालू वर्षको नीति तथा कार्यक्रममा संस्कृत भाषालाई पुनर्जीवन दिने विषय समेटिएकाले संस्थापकको चाहना बमोजिमनै यसै वर्षदेखि अध्ययन अध्यापन शुरु हुने प्रतिबद्धता जनाए । षडानन्द प्रतिष्ठानका अध्यक्ष चेतोनाथ गौतमले संस्कृत भाषामा भएका ज्ञानगुनका कुरा बाहिर आउन् भनी पुनः पठनपाठनको माग गरिएको बताए ।

विद्यालयमा स्थानीय जातजातिका भाषा पनि पढाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा प्रा डा गोविन्दमानसिंह कार्की र यादव चापागाईंले बालागुरु षडानन्दले देश एवं समाजका लागि पु¥याउनुभएको योगदान समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि इच्छुक सहभागीले टिप्पणी गरेका थिए । जनस्तरबाट खुलेको नेपालकै पहिलो संस्कृत पाठाशालामा विसं २०५४ मा पहिलोपटक आक्रमण भएको थियो । विसं २०५८ कात्तिकमा भएको दोस्रोपटकको आक्रमणमपछि यहाँ संस्कृत पठनपाठन बन्द भएको सो अवसरमा जानकारी गराइयो ।

पुनः संस्कृत अध्यापन शुरु गर्ने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरेको जनाइएको छ । सो ठाउँलाई उत्तरकाशी, पूर्वको वृन्दावन जस्ता नामले पनि चिनिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x