×

NMB BANK
NIC ASIA

आर्थिक अनियमितताको आरोप लागेका पलाता गाँउपालिका अध्यक्ष बम निलम्बित

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कालिकोट जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमलाई नेकपा कालिकोटले निलम्बन गरेको छ । नेकपा कालिकोटका जिल्ला कमिटी सदस्य रहेका बमलाई पार्टीबाट छानविन गर्नका लागि भन्दै निलम्बन गरिएको हो ।

Muktinath Bank

अध्यक्ष बमलाई नेकपाले गाउँपालिकाको अध्यक्ष भएपछि आर्थिक अनियमिता गरेको, पार्टीको निर्णय नमानेको जस्ता आरोप लगाउँदै निलम्बन गरिएको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँमाथि विभिन्न आरोपहरु लागेको छ, ती आरोपको छानबिनका लागि निलम्बन गरिएको हो,’ नेकपा कालिकोटका सचिव नगेन्द्र शाही नेशनलले लोकान्तरसँग भने,  ‘पार्टी हितविपरीत आर्थिक अनियमिता गरेको लगायतका आरोप छन् ।’


Advertisment
Nabil box
Kumari

छानविन समितिको प्रतिवेदन के कस्तो आउँछ, त्यसपछि मात्रै साधारण सदस्यबाटै निलम्बन गर्ने वा नगर्ने भन्ने बारेमा निष्कर्ष आउनेछ ।

Vianet communication
Laxmi Bank

उनीमाथि छानविन गर्न जिल्ला कमिटी सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिका अन्य सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा रहेका छन् ।

छानबिन समितिको प्रतिवेदनअनुसार नै पार्टीले अध्यक्ष बममाथि थप प्रक्रिया अगाडि बढाउने पार्टी सचिव शाहीले बताए । ‘उनिमाथि जनस्तर र पार्टी भित्रैबाट केही आरोप लागेका छन,’ उनले भने, ‘छानबिन समितिको प्रतिवेदनअनुसार नै अध्यक्ष बमलाई थप कारबाही वा फुकुवा हुने भन्ने कुरा तय हुनेछ ।’

अध्यक्ष बममाथि कारबाहीको माग गर्दै पलाता गाउँपालिकाबाट जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने एघार जना सदस्यमध्ये १० जनाले इन्चार्ज एवम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लिखित उजुरी समेत दिएका थिए ।

आफ्नै घरमा गाउँपालिकाको कार्यालय राखेर भाडा असुल्दै अध्यक्ष' शीर्षकमा लोकान्तरमा समाचार आइसकेपछि पार्टी नेतृत्वलाई छानविन गर्न दबाब परेको थियो,’ पलाताका एक नेताले भने, ‘समाचारको आधार अनि जनस्तरको गुनासोलाई आधार मान्दै पार्टीले उक्त कदम उठाएको हो ।’ 

अध्यक्ष बममाथि सम्पत्ति बढि आर्जेको, कार्यदलमा मनमानी गरेको, गाउँपालिकामा मनोमानी तरिकाले निर्णय गर्ने गरेकोजस्ता गम्भीर आरोपहरु लागेका थिए ।

‘अध्यक्ष बमले गाउँ कार्यपालिकालाई समेत केही जानकारी नदिने गरेको आरोप लागेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक कार्यपालिका सदस्यले भने, ‘गाउँपालिकाका प्रवक्तालाई माइनयूट पनि हेर्न नदिइएको गुनासो आएको छ ।’

यता, अध्यक्ष बमले आफु पार्टीबाट निलम्बनमा परेपनि जनताबाट निलम्बनमा नपरेको बताए । ‘पार्टीले निलम्बन गरेको होला, तर म जनताबाट निलम्बनमा परेको होइन,’ बमले भने, ‘आफुले आर्थिक अनियमिता नगरेको बरु पार्टीसँग सल्लाह नगरी केही जनमुखी काम गरेकोले निलम्बन गरिएको हुन सक्छ ।’

उनले यदि अनियमिता गरेको प्रतिवेदन छानविन समितिले निकाल्यो भने आफु पार्टी र सत्ताबाटै राजिनामा दिने बताए । नेकपाले कात्तिक २९ गते उक्त छानविन टोली बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x