×

NMB BANK
NIC ASIA

तराई-मधेश द्रुतमार्ग सडक तोकिएको सीमाभित्र सम्पन्न गर्ने नेपाली सेनाको प्रतिबद्धता

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले तराई/मधेश द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा ब्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएको छ ।

Muktinath Bank

राष्ट्रिय गौरवको उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्‍न गर्न नेपाल सरकारको प्रचलित ऐन कानुनको परिधिभित्र रही खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको सेनाले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले सहायक रथी श्रेष्ठको विषयमा विभिन्‍न प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटीबाहेक कुनै पनि नियोजित त्रुटी पत्ता नलागेको बताएको हो । 


Advertisment
Nabil box
Kumari

श्रेष्ठले जिम्मेवारी लिएका विगतका कार्यहरुमा देखाएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन् गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिइएको विज्ञप्तिमा बताइएको छ ।

Vianet communication
Laxmi Bank

विज्ञप्तिमार्फत नेपाली सेनाले प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको पारदर्शीपूर्वक छनौट तथा ब्यवस्थापकीय पक्षहरुमा विशेष जोड दिइएको बताएको छ ।

उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी ब्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु (ड्रोन समेत) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना सेनाको रहेको छ ।  

उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्यलाई मनन् गरी आयोजनालाई पूर्णपारदर्शी,  नियमसँगत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्‍न गर्ने लक्ष्य नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x