मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
गुन्डागर्दी तथा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशंकामा गुन्डा नाइकेहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । प्रहरीको सहयोगमा विभागले उनीहरूमाथि छानबिन थालेको हो ।
जुवा खालबाट पक्राउ परेका बलराम सापकोटामाथि विभागले थुनामै राखेर अनुसन्धान गरिरहेको छ । उनले जुवा खेलेर तथा जुवाडेलाई पैसा लगानी गरेरै करोडौँ कमाएको आशंकामा विभागले छानबिन थालेको हो । ६ वर्षअघि पनि उनीमाथि विभागले छानबिन गरेकोमा दबाबका भरमा बीचैमा अनुसन्धान रोकिएको थियो ।
जुवाखालबाट पक्राउ परेका उनीसहित केही व्यक्तिमाथि विशेष अनुसन्धान हुने विभागका एक अधिकारीले बताए । दुई करोड ६७ लाखसहित ९ कात्तिकमा पक्राउ परेका उनीहरूलाई सोमबार सम्पत्ति शुद्धीकरण विभाग बुझाइएको थियो ।
‘बाघे’को सम्पत्ति छानबिनमा
गुन्डागर्दीको आडमा निर्माण व्यवसायको सिन्डिकेट चलाएका सुकबहादुर लामा ‘बाघे’ को सम्पत्तिको पनि विभागले छानबिन गर्ने भएको छ । ट्रक नै ‘मोडिफाई’ गरेर तोकिएभन्दा कम तौल सामान बेचेर ठगी आरोपमा उनीसहित २३ जना निर्माण सामग्री व्यवसायी पक्राउ परेका थिए । ठगी मुद्दामा अदालतको आदेश आएलगत्तै प्रहरीले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ ।
पाँचजनाको मुद्दा सर्वाेच्चमा
सात वर्षअघि विभागले पाँच गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेको थियो । गणेश लामा, दीपक मनाङे भनिने राजीव गुरुङ, चक्रे मिलन (मिलन गुरुङ), परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध विभागले मुद्दा दायर गरेकोमा लामाबाहेक अरूले सफाइ पाएका थिए । सो मुद्दा हाल सर्वाेच्च अदालतमा छ । नयाँ पत्रिकामा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...