×

NMB BANK
NIC ASIA

सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबँेसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुलिखेलको सरस्वती बजारमा भएको कार्यक्रममा सडक सुरक्षासँग सम्बन्धित श्रव्यदृष्य सामग्री प्रस्तुत गर्नुका साथै गत आर्थिक बर्षमा सडक दुर्घटनामा परी ज्यान गुमाएका दुई हजार ७८९ को सम्झनाका साथै दुर्घटनामा घाइते र अङ्गभङ्ग भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सो क्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नेपालमा प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको र जसमा वर्षेनी करिब तीन हजार मानिसले ज्यान गुमाउने गरेको उल्लेख गर्दै त्यस प्रकारका दुर्घटनाको मुख्य कारण सवारी नियमको उल्लङ्घन गरी चलाउने गरेकाले हो भन्दै सडक प्रयोगकर्ता बढी सजग र सचेत हुनुपर्नेमा जोड दिए।

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला निकाय गम्भीर नबनेसम्म प्रहरीको पहलबाट मात्र विकराल समस्या समाधान गर्न सम्भव नहुने बताउनुभयो । सो क्रममा सापकोटाले ट्राफिक नियमको पालना गर्दै आफ्नो गन्तव्य तय गर्न समस्त सडक प्रयोगकर्तामा आग्रह गरे।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सडक दुर्घटनाबाट गत आर्थिक वर्षमा दुई हजार ७८९ ले ज्यान गुमाएको उल्लेख छ । सो क्रममा १४ हजार बढी घाइते र अर्बौंको भौतिक क्षति भएको उल्लेख छ । नेपालभर ट्राफिक नियम उल्लङ्घन तथा सडकको दूरावस्थाकै कारण भएका सवारीसाधन दुर्घटनामा दैनिक सरदर आठभन्दा बढीले ज्यान गुमाउँदै आएको प्रहरीले जनाएको छ ।

त्यसको लागि स्थानीय विकास, भौतिक योजना तथा निर्माण र श्रम तथा यातायात व्यवस्था मन्त्रालय गम्भीर बन्नुपर्नेतर्फ जोड दिइएको थियो । भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरण कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको सो क्रममा सरोकारवालाले आवाज उठाएका थिए ।

उता भकुण्डेमा भएको कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिना र भकुण्डे प्रहरीचौकीका प्रतिनिधिका साथै विभिन्न सङ्घ/संस्थामा आबद्ध व्यक्तिको उपस्थितिमा सो दिवस सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x