साउन २८, २०७९
अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ । उनी चिनियाँ प्रहरीब...
काठमाडाैं | मंसिर २, २०७६
हङकङको एक अदालतले सरकारद्वारा मुकुण्डो लगाएर प्रदर्शन गर्नमा गरेको रोकलाई असंवैधानिक ठहर गरेको छ ।
सोमवार उच्च अदालतका न्यायाधीशहरूले संकटकाल कानूनअन्तर्गत लगाइएको मुकुण्डोमाथिको प्रतिबन्ध बेसिक ल अनुकूल नभएको ठहर गरेका छन् । बेसिक ल हङकङको सानो संविधान हो ।
न्यायाधीशरू चाउ का–मिङ र गडफ्रे लाम वान–होले प्रतिबन्धलाई कानूनी चुनौती दिने २५ अभियन्ताको पक्षमा निर्णय दिए ।
यो उच्चस्तरको संवैधानिक चुनौती साम्राज्यकालीन इमर्जेन्सी रेगुलेसन्स अर्डिनेन्स तथा त्यसैको विरासतका रूपमा रहेको द प्रोहिबिसन अन फेस कभरिङ रेगुलेसनमा केन्द्रित थियो । फिर्ता लिइएको सुपुर्दगी विधेयकविरुद्ध उठेको विरोध प्रदर्शनलाई मत्थर पार्ने क्रममा सरकारले सार्वजनिक खतराको आधार लिँदै यो प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धले विवाद निम्त्याएपछि त्यसविरुद्ध ६ वटा मुद्दा परेका थिए । सन् १९२२ मा यो विधेयक ल्याइएदेखि अदालतमा अध्यादेशका विषयमा भएका बहसमाथि पहिलोपटक परीक्षण गरिएको हो ।
न्यायाधीशहरूले यस प्रतिबन्धबाट प्रमुख कार्यकारीले सार्वजनिक खतराको जुनसुकै अवसरमा नियम बनाउन सक्ने अवसर दिएकाले यो बेसिक ल अनुकूल नभएको घोषणा गरे ।
साउथ चाइना मर्निङ पोस्टबाट
अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ । उनी चिनियाँ प्रहरीब...
एक वर्षअघि अफगानिस्तानमा सत्ता कब्जा गरेर नयाँ सरकार गठन गरेको तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लङ्घन जारी राखेको यूरोपेली संघ (ईयू) को एक्सटर्नल एक्सन सर्भिस (ईईएए...
युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको पेस्की शहरमा रुसी सेनाको पूर्ण नियन्त्रण कायम रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । त्यस शहरमा रहेका युक्रेनी सैनिकहरू आफ्नो पोजिसन छोडेर भागेका छन् । उनीहरू नीप्रोपे...
भारतीय शेयर बजारमा ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षको उमेरमा उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनको आइतवार मृत्यु भएको हो । उनी २ हप्ता अगाडि मात्रै अस्प...
उनी ४८ बच्चाका बुवा हुन् तर उनले बिहे गर्न जीवन–साथी पाएका छैनन् । उनले शुक्रकिट दान गर्ने भएकाले विभिन्न आमाबाट ४८ बच्चा जन्मिएका छन् । कतिपय महिला शुक्रकिट बैंकमा गएर शुक्रकिट लिन चाहँदैनन्, किनकि आम...
इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् । इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो । आगलागीको कारण...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...