क्रिस्टियानो रोनाल्डो इतिहास बनाउने संघारमा

फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि ९९औं गोल गरेर इतिहास रच्ने संघारमा पुगेका छन् । उनको गोलसँगै साबिक विजेता पोर्चुगल यूईएफए युरोका लागि छनोट भएको छ ।

पोर्चुगलका कप्तानले लक्जेम्बर्गविरुद्ध खेल सकिने बेलामा गोल गरेका हुन् । सयवटा अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी उनी नै हुन लागेका छन् । 


Advertisement

रोनाल्डोको गोलअघि ब्रुनो फर्नान्डेजले बर्नान्डो सिल्भाको लामो पासमा गोल गरेर पोर्चुगलको खाता खोलेका हुन् । 

रोनाल्डोले पोर्चुगलका लागि १६४ खेलमा ९९ गोल गरेका हुन् । उनीभन्दा बढी गोल इरानका अली दाइले गरेका छन् । दाइले कुल १०९ गोल गरेका छन् र रोनाल्डोले उनलाई पनि जित्ने उपलब्धि हासिल गर्न सक्छन् । 


Advertisement

रोनाल्डोले पहिलो अन्तर्राष्ट्रिय गोल सन् २००४ को युरो कपमा गरेका थिए । 

युभेन्टसका यी खेलाडीले पाँचवटा बालून दोर जितिसकेका छन् र उनले व्यक्तिगत कीर्तिमानहरू बनाउने प्रयास गरिरहेका छन् । लक्जेम्बर्गविरुद्धको जीतसँगै पोर्चुगल समूह बीबाट युक्रेनसँगै छनोट भएको हो ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्