इमर्जिङ टीम्स कप : बंगलादेशसँग नेपालको फराकिलो हार

एसियन क्रिकेट काउन्सिल इमर्जिङ टीम्स कप क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशसँग फराकिलो हार बेहोरेको छ ।

हारसँगै सेमी फाइनल पुग्ने नेपालको सम्भावना लगभग समाप्त भएको छ ।


Advertisement

पहिले ब्याटिङ गरेको नेपालले दिएको १३८ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।


Advertisement

उसका लागि मोहम्मद नइमले ४५ तथा नजमुल हुसैन शान्तोले ५९ रनको पारी खेले । नेपालका करण केसी र सुशान भारीले १–१ विकेट लिए ।

ब्याटिङतर्फ नेपालले शुरूमै कमजोर प्रदर्शन गरेको थियो । ३३ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ८५ रन पुग्दा थप ७ विकेट गुमायो ।

अन्तिम दुई विकेटका रूपमा सोमपाल कामीले ३८ र करण केसीले १८ रनको योगदान गरेर नेपालको पारीलाई केही माथि उकासेका थिए ।

'समूह बी'मा रहेको नेपालले यसअघि हङकङलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

बंगलादेश भने प्रतियोगितामा अपराजित छ । अब भारतले हङकङसँग झिनो हार बेहोरेपनि रन रेटका आधारमा अघि जान पर्याप्त हुनेछ ।

कमेन्ट गर्नुहोस्