कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भारतबाट विवाह गर्न सौराहा आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
विवाहको मौसममा दुलाहा–दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो ।
भारतीय पर्यटकले सौराहाका होटल २ देखि ३ रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्छन् । साना होटल भए एउटा होटलमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा–दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।
होटल सेभेन स्टार र वेस्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र २ होटलमा २/२ वटा विवाहको ‘बुकिङ’ रहेको छ । सोमवार सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उनले २ वा ३ दिन होटल बूक गरी विवाह गर्ने गरेको बताए । एउटा विवाह गर्दा होटलको बगैंचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत ५ लाख रुपैयाँ लिने गरेको दुवाडीको भनाइ छ ।
नअट्नेहरू बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा ४ सय हाराहारी आउने गर्दछन् । खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन् । होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शंकर सैंजुको होटलमा गत वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पटनाबाट आएका एक जोडीले विवाह गरेको उनले जानकारी दिए ।
अन्य होटलमा पनि विवाहका लागि बुकिङ भइरहेको छ । क्षेत्रीय होटल संघका पूर्व अध्यक्षसमेत रहेका सैंजुले यसबाट अन्य पर्यटकलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताए । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरू सचेत रहेको सैंजुको भनाइ छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको संख्या बढेको छ । गत वर्ष ७/८ वटा जति विवाह भएको भएपनि यो वर्ष त्यति विवाह भइसकेका छन् । भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो । मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेका लागि सौराहा उपयुक्त थलो बनेको उनले बताए ।
यस वर्ष धमाधम होटलहरुमा विवाह र बुकिङ हुने क्रम जारी रहेको उनले जानकारी दिए । यसरी विवाह गर्न आउनेहरू सौराहामा हुने पर्यटकीय गतिविधिहरुमा सहभागी हुने गरेका छन् । यस क्षेत्रका पर्यटन व्यवसायीले गएका २ वर्ष भारतीय सीमा क्षेत्रका शहरमा पुगेर यहाँको पर्यटकीय महत्वबारे प्रचारप्रसार गरेका थिए ।
पर्यटकको संख्या घट्यो
विवाह गर्न भारतीय आउने क्रम बढेपनि नियमित रुपमा आउने पर्यटकको संख्या घटेपछि व्यवसायी निराश बनेका छन् । क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईका अनुसार गत वर्ष यो समयमा सौराहाका होटलका कोठा ७० प्रतिशत हाराहारी बुकिङ हुने गरेको भएपनि यस वर्ष ४० प्रतिशत हाराहारी मात्र भरिएका छन् । दशैं र तिहारपछि नोभेम्बर महिना पर्यटकहरू धेरै आउने गर्दथे ।
भट्टराईका अनुसार यसरी आएका पर्यटकमध्ये आधाभन्दा बढी चिनियाँ रहेका छन् । के कारणले पर्यटक घटेको हो बुझ्न नसकेको उनको भनाइ छ । वन र वन्यजन्तुसँग सम्बन्धित सँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने देखिएको भट्टराईले जानकारी दिए । डिसेम्बर महिनासँगै विदेशी आफ्नै देशमा क्रिसमस र नयाँ वर्षका लागि रमाउने भएकाले यहाँ कम आउने गर्दछन् ।
सौराहामा ११० होटल रहेका छन् । यी होटलको क्षमता ५ हजार ५०० भन्दा बढीे छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तुको अवलोकन, डुंगा सयर, थारू संस्कृतिमा रमाउनका लागि यहाँ पर्यटक आउने गर्दछन् । – नारायण अधिकारी/रासस
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...