बंगालीलाई नेपाली महावाणिज्यदूत एकनारायणले गरे नेपाल भ्रमणको आमन्त्रण

नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न भारतको पश्चिम बंगालका नागरिकलाई भ्रमणका लागि आमन्त्रण गरेका छन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम बंगालको बोलपुर नगरपालिकासँग समन्वय गर्दै महावाणिज्यदूत अर्यालले नगरपालिकास्थित बंगाली भाषाका विश्वप्रख्यात साहित्यकार रविन्द्रनाथ टेगोरको कर्मभूमि एवं पर्यटकीयस्थल शान्ति निकेतनमा भ्रमण वर्षको प्रचारप्रसार गरेका हुन् ।


Advertisement

कार्यक्रममा नगरपालिकाका अध्यक्ष सुशान्त भगतले नेपाल नजिकको मित्र भएको बताउँदै बंगालीले नेपाल भ्रमणको तीब्र इच्छा जनाउने गरेको बताए । कार्यक्रममा महावाणिज्यदूत अर्यालले नेपाल भ्रमण गर्न सबैलाई निमन्त्रणा दिएका छन् ।


Advertisement

कार्यक्रममा महावाणिज्य दूतावासको तर्फबाट पर्यटकीय स्थलको जानकारी र भिडियो प्रस्तुत गरिएको थियो । दूतावासका कर्मचारीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पर्यटकीय क्षेत्र र पर्यटकको सुविधाबारे स्पष्ट पारेका थिए ।

कार्यक्रममा स्थानीय क्षेत्रका प्राध्यापक, नगरपालिकाका काउन्सिलर, ट्राभल टूर अपरेटर, उद्योगी व्यापारी, मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा राम जन्मभूमि अयोध्या जाने सबै पर्यटकलाई सीताको जन्मभूमि जनकपुरधाम भ्रमण गर्न प्रेरित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्