यी हुुन् प्रदेश मन्त्रिपरिषद्का निर्णय : प्रादेशिक अस्पतालको मेसुुमा डा. खनाल

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसुु) मा डा. राजेन्द्रप्रसाद खनाल नियुुक्त भएका छन् ।

५ नम्बर प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले खनालाई मेसुुमा नियुक्त गरेको हो । 


Advertisement

खनालले झण्डै १ वर्ष निमित्त मेसुु भएर काम गरिसकेका छन् ।


Advertisement

यसअघि मेडिकल सुपरिन्टेन्डेन्ट रहेका डा. कृष्ण खनालले अनिवार्य अवकाश पाएपछि डा. खनाललाई मेडिकल सुपरिन्टेन्डेन्ट नियुक्त गरिएको हो । डा. खनाल वरिष्ठ रेडियोलोजिस्ट हुन् । प्रदेश सरकारले प्रादेशिक अस्पताललाई स्तरीय बनाउन पहल थालेको छ । 

सोमवारै बसेको मन्त्रिपरिषद्को बैठकले सूचना तथा सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशकको पारिश्रमिक सेवासुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्षले ५० हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक पाउने गरी मापदण्ड बनाइएको छ । प्रदेश लोकसेवा आयोगका सदस्यको पािरश्रमिक, सेवाको शर्त र सुविधा पनि बैठकले स्वीकृत गरेको छ । आयोगका सदस्यले पनि ५० हजार ६ सय रुपैयाँ पारिश्रमिक पाउने छन् ।

कानून मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ खुमाकान्त पौडेलको पनि पारिश्रमिक एवं सुविधा बैठकले स्वीकृत गरेको छ । पौडेलले मासिक ४९ हजार पारिश्रमिक पाउनेछन् ।

बैठकले विपत्ति व्यवस्थापन कार्यसञ्चालन निर्देशिका स्वीकृत, कृषि पशुपन्छी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम स्वीकृत र स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । 

बैठकले जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ । जानकी गाउँपालिका–४ खजुराबाट वडा नम्बर ३ मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । 

कमेन्ट गर्नुहोस्