अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको मागगर्दै बेल्जियमको राजधानी ब्रसेल्सस्थित भारतीय राजदुतावास अगाडी नेपाली समुदायले धर्ना तथा प्रदर्शन गरेका छन् ।
उनीहरुले 'गो ब्याक ईण्डिया', लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए।
भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि बेल्जियममा रहेका नेपालीहरुले भारतीय दुतावास अगाडि पुगेर नेपाली भूमि फिर्ताको माग सहित चर्का नाराबाजी गरेका हुन्।
लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि भएकाले भारतले तत्काल नक्सा नसच्चाए नेपाल सरकारले कडा कडा कदम चाल्नुपर्ने उनीहरुले बताएका छन्। साथै उनीहरुले आफूहरु विश्वको जुनसुकै कुनामा रहेपनी भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिए ।
विरोध प्रर्दशनपछि आयोजित कोणमा सभामा बोल्दै नेकपाका नेता जित लामाले भारतीय थिचोमिचोको विरोधमा आफूहरु मात्र हैन बेल्जियममा रहेका सम्पूर्ण नेपालीहरुले कुनै दल, संघसंस्था, समुदाय नभनी केवल नेपालीको रुपमा प्रतिबादमा उभिएका बताए । प्रदर्शन करिब २ घण्टा चलेको थियो ।
लोकान्तर संवाददाता