'सुपरहिरो' बन्न ५ बर्षिय बालकले स्कूलमै ड्रग्स लगेपछि...

एक ५ वर्षिय बालकले लागु औषध ड्रग्स बोकर स्कूल गएको घटना सार्वजनिक भएको छ । सो बालके आफ्नो शिक्षकलाई स्कूलमा ड्रग ल्याउँदा आफू सुपरहिरो बन्ने बताएका छन् ।

यस घटना सार्वजनिक भएपछि स्थानीय प्रहरीले उनका बाबू बेन्नी ग्रेसियालाई बिहीवार पक्राउ गरेको छ । 


Advertisement

यो घटना अमेरिकाको मैसाचुसेट्सको हो । त्यहाँको एचबी लोरेन्स् एलिमेन्ट्री स्कूलमा अध्ययनरत बालकले हिरोइनको प्याकेट बोकेर स्कूल गएका थिए ।  

यसपछि त्यहाँका अधिकारीहरूले स्थानीय प्रहरीलाई घटनाको जानकारी दिएका थिए । 


Advertisement

बच्चाले आफ्नो घरको लिभिङ रूममा ड्रकको प्याकेट भेटिएको बताएका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले उसको घरमा छापा मारेको थियो ।

सोही क्रममा उनका २९ वर्षिय बाबू ग्रेसियाको साथबाट हिरोइन र कोकिन गरि २ सय प्याकेट बरामद गरेको जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्