×

NMB BANK
NIC ASIA

श्रम स्वीकृतिको सास्ती उस्तै, समयमा काम नबन्दा नै उडान रद्द

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् ।

Sagarmatha Cement
Muktinath Bank

त्यसकै ‘लाइभ’ अन्नपूर्ण पोस्ट्को अड्डामा अन्नपूर्ण अंक २ मा प्रकाशन गरिएको थियो । ठीक एक वर्षपछि आइतबार अड्डामा अन्नपूर्णको टोली पुनः ताहाचल पुग्दा श्रम स्वीकृतिको सास्ती उस्तै भेटियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समयमा काम नबन्दा कतिपयले उडान रद्द गर्नुपरेको थियो । अधिकांश त उडान छुट्ला कि भन्ने चिन्तामा देखिन्थे । सरकारले प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरे पनि त्यसका लागि सेवाग्राही काठमाडौंमै आउने गरेको भेटियो ।


Advertisment
Nabil box
Kumari

साँझ साढे ५ बजेको थियो, उदयपुरका छविन्द्रबहादुर मगर हतास देखिन्थे । घडी हेर्दै भन्दै उनी थिए, ‘बर्बादै भयो ।’ उनी आइतबारै साउदी अरब उड्नुपर्ने रहेछ । ‘आज (आइतबार) राति १० बजेको टिकट हो । काम भएन भने त बर्बादै हुन्छ’, उनी साथीहरूसँग दुखेसो गर्दै थिए, ‘कति बेला काम हुन्छ अनि होटल पुगेर सामान लिई एअरपोर्ट जाऔं ? ’ उनी बिहान ११ बजे कार्यालय पुगेका थिए । झन्डै चार घण्टा त लाइन लागेर पासपोर्ट बुझाए । ‘अझै काम भएको छैन’, उनले भने ।

Vianet communication
Laxmi Bank

पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेदेखि नवीकरण गर्न आउनेको भीड थेगिनसक्नु थियो । अधिकांश नेपाली कामदार दसैंको समयमा स्वदेश आएर छठपछि फर्किने भएकाले श्रम स्वीकृति लिन भीड लाग्ने गरेको कर्मचारीले बताए । धनुषाका एक युवकले बुधबारदेखि कार्यालय धाइरहेको बताए । ‘चार दिन भयो, कामै भएको छैन’, २९ वर्षे ती युवकले भने, ‘कहिले के पुगेन भन्छन्, कहिले के, दुःख दिने काम मात्र भयो ।’ आफूसँग भएको १० हजार रुपैयाँ पनि सकिएको उनले सुनाए । काम नभए सडकमै सुत्नुपर्ने अवस्था आउने उनको भनाइ थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x