नख्खु कारागारमा कस्तो छ आलमको दिनचर्या ? कोसँग बसेका छन् ?

रौतहट बम काण्डमा संलग्नताको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम सोमवार नख्खु जेलमा शान्त थिए ।

नख्खु कारागारको सीआरसी ब्लक टूको दोस्रो तलामा राखिएका उनी दुई जना लागुऔषध र एकजना चोरीको कैदीसँगै राखिएका छन् ।


Advertisement

आलमसँगै जनकपुर बमकाण्डका अभियुक्त सञ्जयकुमार साह टक्ला पनि नख्खुमै छन् । साहले ५ जनाको ज्यान जाने गरी बम विस्फोट गराएको अभियोगमा नख्खुमा सजाय भुक्तान गरिरहेका छन् । 


Advertisement

आलम कारागारमा आएको दिन शनिवारदेखि नै शान्त छन् । उनलाई अन्य कैदीभन्दा आरामदायी कोठामा राखिएको छ । कारागारका प्रमुख सुरेन्द्र पौडेलका अनुसार उनको चालचलन शान्त रहेको छ । आलम सोमवार पनि जेलमा मान्छेहरूलाई उत्सुकताका साथ हेरिरहेका थिए । कालो हाइनेक, सेतो धोती र सफाचट जुँगामा चिटिक्क थिए ।। उनी अलिकति पनि विचलित देखिएनन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्