×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय मिडियामा तरंग, माथिल्लो त्रिशूली थ्री ए जलविद्युत्को उद्घाटन

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० महिनामै थपिए ५७ नयाँ एचआईभी संक्रमित


Advertisment
Nabil box
Kumari

सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् ।

Vianet communication
Laxmi Bank

१३ हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् । 

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् । फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरू भएयता १ हजार ७८६ जना संक्रमित पुगेका छन् । उनीहरूमध्ये १ हजार ५ पुरुष र ७८१ जना महिला रहेका छन् ।

नेकपाको सरकारले सीमा सुरक्षित गर्छ : पूर्व प्रधानमन्त्री खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

चाँगुनारायणमा सोमवार चुनावी कार्यक्रममा उनले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताए । 
मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ प्रदेश नम्बर १ (क) मा नेकपाले डीपी ढकाललाई उम्मेदवार बनाएको छ । ‘२१ औं शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अंकित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन सकेका थिएनन्,’ उनले भने, ‘आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौं, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्, अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ ।’

वडाध्यक्ष उपनिर्वाचन : कांग्रेस बर्चस्व जोगाउने र नेकपा एकताको प्रभाव देखाउने दौडमा
बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरूले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् ।

प्रमुख २ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन् ।
नेपाली कांग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुवै पार्टी योजनाबद्ध तरिकाले लागेका छन् । वडाध्यक्षका उम्मेदवारको निर्वाचन प्रचारका लागि नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चुनावीसभा आयोजना गरेको छ ।

झाँक्रीको हत्यामा संलग्न ५ जना पक्राउ
धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।

गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको बिहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।

घटना भएको करीब २ सातापछि सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, निजको भतिजो मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ सरुवामडा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो । 

बाँकेमा बस दुर्घटना, १२ जना घाइते

दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

खुल्ने भयो नयाँ ट्याक्सीको दर्ता, तयारीमा सरकार

सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ ।

यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले बताए । विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारतीय मिडियामा तरंग : 'नेपाल पीएम ने दिखाए भारत को तेवर !'

कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग देखिएको छ ।

आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् ।

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिन्छ : मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।

प्रतिष्ठानले सोमवार यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए। 'अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्‍यौँ,' उनले भने, 'अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छाैं ।'

सुन्तला, केरा लगायत कृषिजन्य वस्तुले पाए उचित मूल्य

कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ ।

सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो ।

यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए ।

नेविसंघले सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई गाडी प्रयोग गर्न दिने, तालाबन्दी यथावत

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका सवारीसाधन सञ्चालनमा अवरोध नगर्ने आन्दोलनरत नेपाल विद्यार्थी संघले जनाएको छ ।

नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले विज्ञप्ति जारी गरी मंसिर १ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरूको सवारीसाधन प्रयोग खुला गरिएको जानकारी दिए । तर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलगायत पदाधिकारी नियुक्तिको विरोधमा रहेको नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी भने यथावत् राखेको संघले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गरे माथिल्लो त्रिशूली थ्री ए जलविद्युत्को उद्घाटन, ६० मेगावाट विद्युत् थप

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् ।

सोमबार आयोजनाको उद्घाटन भएसँगै राष्ट्रिय प्रसारणमा ६० मेगावाट विद्युत् थपिएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘एक्सन रुम’बाट रिमोर्ट थिचेर आयोजना उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा ३०/३० मेगावाट गरी ६० मेगावाट जलविद्युत् क्रमशः जेठ ३ र साउन १७ गतेबाट परीक्षण उत्पादन शुरू गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत  १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण भएको छ ।

चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण भएको हो ।

कास्की–२ मा उम्मेदवारलाई ९८ वर्षीय मतदाताको आशीर्वाद– ‘जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू’

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् ।

प्रत्येक दिनको घरदैलोको शुरूआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको ज्येष्ठ मतदाताबाट आशीर्वाद लिएर गर्ने गरेका छन् ।

सामान्यतः ज्येष्ठ मतदाताको पनि आर्शीवाद एउटै हुन्छ, ‘चुनाव जित्नू, कसैको मन नदुखाउनू ।’

चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले आज पोखरा महाकाली चोकबाट स्थानीयवासी ९८ वर्षीया त्रिलोचना आचार्यबाट आशीर्वाद लिएर घरदैलो शुरू गरेका छन् ।

पौडेललाई टीका लगाइदिएर चुनावमा विजयी हुन आर्शीवाद दिँदै आचार्यले भने, 'चुनाव जित्नू, जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू ।'

झापामा १७ जना जुवाडे पक्राउ

झापाको भद्रपुरबाट आइतवार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गिटी–बालुवाको कर उठाउने विवादपछि खुकुरी प्रहार

झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा १ जना घाइते भएका छन् ।

बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बायाँ हातमा चोट लागेको छ ।

भस्मे डनलाई पूत्रीलाभ

भस्मे डन नामले चर्चित नायक विपिन कार्कीलाई पूत्रीलाभ भएको छ । नायक कार्कीले फेसबूकमार्फत उक्त कुराको जानकारी गराएका छन् ।

'उनी हाम्रो माया र बन्धनको पहिलो सिर्जना हुन्,' छोरीसँगको तस्वीरसँगै कार्कीले फेसबूकमा लेखेका छन् ।

पशुपति प्रसाद नामक चलचित्रमा भस्मेडनको भूमिका खेलेका कार्कीलाई उक्त भूमिकामा दर्शकले खुबै रुचाएका थिए ।

त्यसपछि उनले धेरै नै फिल्म खेलिसके र चर्चित पनि भए, तर भस्मे डनको ट्याग भने उनीबाट हटेको छैन ।

झुलाघाट नाका ४ दिन बन्द हुने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् ।

सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन्।

विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् ।

तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए । शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x