नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा मंगलवार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने छ ।’ 


Advertisement

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अबको १० वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै भने, ‘अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन, अझै गर्नुपर्ने धेरै कुरा छन्, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पुर्‍याउनुपर्ने हाम्रो दायित्व छ ।’

अध्यक्ष दाहालले पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्तामाझ आउने जानकारी पनि दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्