असार १४, २०७९
नर्भिक इन्टरनेशल हस्पिटलले विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगीधन्दा चलाइरहेको भन्दै आपत्ति जनाएको छ । नर्भिकले एक सूचना...
सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।
नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।
नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।
नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।
नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :
दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।
नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।
दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।
मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।
समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।
एजेन्सी
नर्भिक इन्टरनेशल हस्पिटलले विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगीधन्दा चलाइरहेको भन्दै आपत्ति जनाएको छ । नर्भिकले एक सूचना...
काठमाडौँ महानगरपालिकाले सोमवारदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यस अघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल ...
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
काठमाडौं— हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ...
सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ ...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...