चैत १०, २०७९
के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ? हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट...
सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।
नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।
नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।
नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।
नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :
दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।
नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।
दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।
मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।
समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।
एजेन्सी
के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ? हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट...
स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ । खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्...
मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिवार शुरू भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म ४ दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन शनिवार बर्तालुुल...
सामुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ । हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अर्धचन्द्राकार ...
फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा ध...
कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ । लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल त...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...