झिनो अंकले ओरालो लाग्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पनि ओरालो लागेको छ । ओरालोको लय भने झिनो रहेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१४ विन्दुले घटेर १ हजार १२९.९९ विन्दुमा कायम भएको छ ।


Advertisement

सेन्सेटिभ परिसूचक भने ०.३१ विन्दुले बढेर २४८.९१ पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा समेत सामान्य प्रभाव परेको छ । 

कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । 


Advertisement

कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलवार ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर बढेको छ । बैंकिङ १.६२, जलविद्युत् १.६२, वित्त २.८९, निर्जीवन बीमा ३९.७१, लघुवित्त ०.८७ र जीवन बीमा २५.११ विन्दुले घटेको छ ।

व्यापार २७.६४, होटल ४९.११, विकास बैंक २, उत्पादन ०.२८, अन्य १.६६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेका छन् । 

कारोबारका आधारमा मंगलवार एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३ करोड २० लाख ४८ हजार ५२ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । एनएमी बैंक २ करोड ४ लाख ६५ हजार, नेपाल बैंक लिमिटेड १ करोड ८७ लाख ७२ हजार १८०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर १ करोड ५६ लाख १५ हजार २३२, नबिल बैंक १ करोड ३६ लाख ८७ हजार ४३० र सोल्टी होटलको १ करोड ३० लाख ३१ हजार १२४ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । 

मंगलवार सबैभन्दा बढी कमाउनेमा सोल्टी होटल छ । सो होटलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८५, नेपाल हाइड्रो ९.३८, ङादी समूह ९.१८, युनिभर्सल पावर ५.७१, जोशी हाइड्रोपावर ५.५६ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.२४ प्रतिशतले कमाए । 

सिन्धु विकास बैंक ७.९३, अरुण काबेली पावर ४.८, अरुण भ्याली हाइड्रोपावर ४.०८, आँखु खोला जलविद्युत् कम्पनी ३.५७ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्