×

NMB BANK
NIC ASIA

जेलबाट रिहा भएपछि भण्डारीले दिए अदालतलाई चुनौती – 'यसको विरुद्ध आजीवन लड्छु'

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निर्मला हत्या प्रकरणमा १ रुपैया जरिवाना र १ घण्टा सजाय भुक्तान गरेपछि पत्रकार खेम भण्डारीले अदालत निष्पक्ष नभएको भन्दै निष्पक्ष हुन चुनौती दिएका छन् ।

Muktinath Bank

कञ्चनपुर कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पत्रकार भण्डारीले भने, ‘म अदालतको फैसालाको सम्मान गर्छु, १ रुपैयाँ तिर्छु र १ घण्टा जेल बस्छु । तर यसको विरुद्ध आजीवन लड्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले निर्मला प्रकरणमा अदालत निष्पक्ष हुन नसकेको भन्दै सर्वोच्च अदालतसम्म पुग्ने बताएका छन् । उनले भने, ‘यसको विरुद्ध उच्च अदालत, सर्वोच्च अदालत पुग्छु । एक हप्ताभित्र न्याय परिषदसम्म पुग्छु । यो अन्धो फैसलाको प्रतिवाद गर्छु । म कुनै व्यक्तिकेन्द्रित हुन्न । न्यायलयभित्रका एक एक गलत तत्वको विरोध गर्छु ।’


Advertisment
Nabil box
Kumari

उनले न्यायालयमा मिलेमतो भएको संकेत आफूले पाएको बताए ‘फेयर न्याय चाहियो,’ उनले भने, ‘निर्मला हत्याकाण्डमा न्यायलय फेयर बस्नुपर्छ । तानाशाह बन्न पाउँदैन । न्यायालय तलमाथि गर्ने दुष्साहास कसैले नगरोस् ।’

Vianet communication
Laxmi Bank

अदालतको अवहेलना गरेको कसूरमा सजाय पाएका पत्रकार खेम भण्डारी मंगलबार १ घण्टा जेल बिताएर रिहा भएका हुन् । निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको एउटा मुद्दाको अदालती कारवाहीलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई दोषी ठहर गरेको थियो ।

अदालतले पत्रकार भण्डारीलाई माफी माग्ने वा सजाय भोग्ने विकल्पसमेत दिएको थियो । पत्रकार भण्डारीले अदालतले राखेका शर्त पूरा नगरेपछि उनलाई मंगलवार जेलमा राखिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x