नेपाल-भारत सीमा सुरक्षा बैठक पोखरामा, कालापानी र लिपुलेक छलफलको एजेण्डामा छैन

फाइल फोटो

नेपाल र भारतबीच सीमा सुरक्षा बैठक बुधवारदेखि पोखरामा शुरु हुने भएको छ ।

तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।


Advertisement

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् ।


Advertisement

बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराए । यो नियमित वार्षिक बैठक रहेको उनले जानकारी दिए ।

तर सीमा सुरक्षा बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमिका सम्बन्धमा कुनै छलफल नहुने बताइएको छ । केही साताअघि भारतीय गृहमन्त्रालयले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्