प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- मन्त्रीहरुलाई अलमलमा नराख्नुस !

फाइल तश्वीर

नेपाली कांग्रेसका युवा नेता एवं पूर्व मन्त्री गगन थापाले मन्त्रिमण्डल पुर्नगठन गर्ने भए छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । महिनौ देखि मन्त्रिमण्डल चलाउने हल्लाले मन्त्रालयको कार्यसम्पादनमा असर पर्ने उनको चिन्ता छ । 

सामाजिक सञ्जाल ट्वीटरमा मंगवार प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सन्देश लेख्दै सांसद थापाले मन्त्रीहरुलाइ अलमलमा नराख्न आग्रह गरेका हुन । 


Advertisement

'प्रधानमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो । तर मन्त्रिमण्डल चलाउने महिनौंदेखिको हल्लाले ती मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होला ? यो जनचासोको विषय हो’ गगनले लेखेका छन, ‘त्यसैले, प्रमज्यू जे गर्ने हो छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस तर अलमलमा नराख्नुहोस ।’

प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठनको गृहकार्य गरेका छन । मंगलवार साझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि पुर्नगठनको तयारी गरेको भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई आग्रह गरेका थिए । 


Advertisement

कमेन्ट गर्नुहोस्