×

NMB BANK
NIC ASIA

हिजो दिनभर : मन्त्री फेरबदलबारे छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक, निर्वाचन आचारसंहिता पालना गर्न आयोगको पुनः आह्वान

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बालुवाटारमा मन्त्रिपरिषद बैठक, सरकार संचालनका नियमित एजेण्डामा छलफल

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार संचालनका नियमित एजेण्डासहित मंगलवार साँझ मन्त्रिपरिषद बैठक शुरू भएको हो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले नियमित रूपमा आफ्नै निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउने गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- मन्त्रीहरुलाई अलमलमा नराख्नुस !

नेपाली कांग्रेसका युवा नेता एवं पूर्व मन्त्री गगन थापाले मन्त्रिमण्डल पुर्नगठन गर्ने भए छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । महिनौ देखि मन्त्रिमण्डल चलाउने हल्लाले मन्त्रालयको कार्यसम्पादनमा असर पर्ने उनको चिन्ता छ । 

सामाजिक सञ्जाल ट्वीटरमा मंगवार प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सन्देश लेख्दै सांसद थापाले मन्त्रीहरुलाइ अलमलमा नराख्न आग्रह गरेका हुन । 

'प्रधानमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो । तर मन्त्रिमण्डल चलाउने महिनौंदेखिको हल्लाले ती मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होला ? यो जनचासोको विषय हो’ गगनले लेखेका छन, ‘त्यसैले, प्रमज्यू जे गर्ने हो छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस तर अलमलमा नराख्नुहोस ।’

 

२० हजार लिटर डिजल बोकेर हिंडेको ट्यांकर बेपत्ता, पत्ता लगाउन छानबिन समिति

जेलबाट रिहा भएपछि भण्डारीले दिए अदालतलाई चुनौती – 'यसको विरुद्ध आजीवन लड्छु'
नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार लिटर डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो ।

जेलबाट रिहा भएपछि भण्डारीले दिए अदालतलाई चुनौती – 'यसको विरुद्ध आजीवन लड्छु'
निर्मला हत्या प्रकरणमा १ रुपैया जरिवाना र १ घण्टा सजाय भुक्तान गरेपछि पत्रकार खेम भण्डारीले अदालत निष्पक्ष नभएको भन्दै निष्पक्ष हुन चुनौती दिएका छन् ।

कञ्चनपुर कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पत्रकार भण्डारीले भने, ‘म अदालतको फैसालाको सम्मान गर्छु, १ रुपैयाँ तिर्छु र १ घण्टा जेल बस्छु । तर यसको विरुद्ध आजीवन लड्छु ।’

उनले निर्मला प्रकरणमा अदालत निष्पक्ष हुन नसकेको भन्दै सर्वोच्च अदालतसम्म पुग्ने बताएका छन् । उनले भने, ‘यसको विरुद्ध उच्च अदालत, सर्वोच्च अदालत पुग्छु । एक हप्ताभित्र न्याय परिषदसम्म पुग्छु । यो अन्धो फैसलाको प्रतिवाद गर्छु । म कुनै व्यक्तिकेन्द्रित हुन्न । न्यायलयभित्रका एक एक गलत तत्वको विरोध गर्छु ।’

उनले न्यायालयमा मिलेमतो भएको संकेत आफूले पाएको बताए ‘फेयर न्याय चाहियो,’ उनले भने, ‘निर्मला हत्याकाण्डमा न्यायलय फेयर बस्नुपर्छ । तानाशाह बन्न पाउँदैन । न्यायालय तलमाथि गर्ने दुष्साहास कसैले नगरोस् ।’

निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट पुनः आह्वान
निर्वाचन आयोगले सरकार र  राजनीतिकलाई  निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा भने, ‘सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैंले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा हामीले विश्वास लिएका छौं ।’

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मंसिर २ गतेदेखि निर्वाचनको प्रचारप्रसारमा छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्या्दित तुल्याउन आयोगले यसअघि नै सरकार र राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइसकेको छ । उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको छ ।

पत्रकार खेम भण्डारी १ घण्टा जेलपछि रिहा
अदालतको अवहेलनाको सजाय पाएका कञ्चनपुरका पत्रकार खेम भण्डारी १ घण्टा जेल बिताएर रिहा भएका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको एउटा मुद्दाको अदालती कारवाहीलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई दोषी ठहर गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन गराउने क्रममा पत्रकार भण्डारी मंगलवार १ घण्टा जेल परेका हुन् । अदालतले पत्रकार भण्डारीलाई माफी माग्ने वा सजाय भोग्ने विकल्प समेत दिएको थियो ।

निर्मला प्रकरण विवादमा पत्रकार खेम भण्डारी जेल चलान

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको एक अदालती मुद्दालाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै अदालतको अवहेलनामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् ।

अदालतको अवहेलना हुने गरी समाचार र सामाजिक सञ्जालमा लेखेको जिल्ला अदालत कञ्चनपुरले ठहर गर्दै १ घण्टा जेल सजाय तोकेको थियो ।

जिल्ला अदालतले राखेका शर्त पूरा नगरेपछि मंगलवार भण्डारीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई ३ शर्तसहित १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रधानमन्त्रीका नयाँ प्रेस सल्लाहकार थापा भन्छन्– 'दिन मिल्ने सूचना जुनसुकै बेला उपलब्ध गराउँछु'

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढंगले सूचना प्रवाह गर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढंगले जनतासँग पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताए ।

उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका छन् । थापाले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताए ।

नेपाली कांग्रेसले आफ्ना सांसद आफ्ताब आलमका सम्बन्धमा कानूनबमोजिम हुने हरेक कुरामा आफूहरूको सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

ओली सरकार २१ महिनामा २१ तथ्यमा असफल भएको कांग्रेसको आरोप 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको  छ।

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकार असफल भएका २१ तथ्य पेश गर्दै शर्माले भने– 'यी तथ्यलाई विचार गरेर कांग्रेसलाई मत दिए सरकार बदल्न होइन, सरकारको शैली बदल्न मद्दत पुग्नेछ ।'

कामचोर ठेकेदारविरुद्ध कालो ब्यानर लिएर सडकमै उत्रिए स्थानीय, बनाए मानव साङ्लो

कामचोर ठेकेदारविरुद्ध कालो व्यानर लिएर स्थानीयवासी सडकमा उत्रिएका छन् ।  शुरूमा सार्वजनिक सवारी साधनमा  ठेकेदारको फोटो टाँसेर विरोध गरेका स्थानीयले मंगलवार ब्यानरसहित सडकमा उत्रिएर विरोध गरेका हुन् ।

स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । 

लामो समयदेखि निर्माणको जिम्मा लिएर ठेकेदार कम्पनी सकिल हैदर, शंकर माली, सुनौला खिम्ती जेभीले सडक अलपत्र पारेपछि कम्पनीका प्रबन्धक दीपक सापकोटाविरुद्ध आन्दोलन चर्किएको हो ।

यसअघि भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डमा पनि सडक अलपत्र पारेको भन्दै  ठेकेदार शारदा अधिकारीविरुद्ध विरोध भएको थियो । 

प्रदेश ५ को राजधानीबारे प्रचण्डको नयाँ अवधारणा

जुन ठाउँमा पुग्यो त्यही ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भनेर अभिव्यक्ति दिने गरेको भनी आलोचना खेप्दै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानीबारे फेरि बोलेका छन् ।

उद्योग व्यापार संगठन रूपन्देहीले मंगलवार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका हुन् ।

 ‘प्रदेशको राजधानीबारे एकजना साथीले ताकेरै भन्नुभयो । पक्कै पनि जनताको बीचमा जिज्ञासा छन्, प्रश्न छन् । बाँके–बर्दिया गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु– सबैलाई सबैभन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ,’ प्रचण्डले भने, ‘नयाँ ठाउँमा पनि राजधानीको विकास गर्न सकिन्छ, यो विषय अहिले पनि छलफलको चरणमा छ, मेरो भनाइलाई गलत नबुझिदिनुहोला ।’

प्रचण्ड निवास खुमलटारमा यसरी गरियो प्रकाशको सम्झना


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'पूत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस मनाइएको छ ।

प्रचण्ड निवास खुमलटारमा मंगलवार विशेष कार्यक्रम गरी प्रकाश दाहाललाई सम्झना गर्नुका साथै उनलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।


स्मृति दिवसका क्रममा प्रचण्डले प्रकाश दाहालको तस्वीरमा माल्यार्पण गरेका थिए ।

प्रकाशको २०७४ साल मंसिर ३ गतेका दिन लाजिम्पाटस्थित तत्कालीन निवासमा निधन भएको थियो ।

मन्त्रिमण्डल पुनर्गठनको छलफल छाडेर प्रचण्ड राजधानीबाहिर !

मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसकेको चर्चाका बीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंगलवार विभिन्न कार्यक्रममा सहभागी हुन राजधानी बाहिर पुगेका छन ।

स्वर्गीय पुत्र प्रकाश दाहालको स्मृतिमा मंगलवार बिहान आफ्नै निवास खुमलटारमा भएको कार्यक्रममा सहभागी भएपछि प्रचण्ड भैरहवा पुगेका हुन् ।
उद्योग, व्यापार संगठन रूपन्देहीले आयोजना गरेको कार्यक्रममा सहभागरी हुन प्रचण्ड भैरहवा पुगेका प्रचण्डले कार्यक्रमलाई सम्बोधन पनि गरे ।

पाटनमा सीसी क्यामरा जडान गरी वन्यजन्तुमाथि निगरानी

भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा वन्यजन्तुको संरक्षण र गणनाका लागि सीसीटीभी क्यामरा जडान गरी काम शुरू भएको छ ।

जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामरा जडान गरिएको हो ।

हिम चितुवाको बासस्थान भएका ठाउँमा सीसीटीभी जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा कागमारा, टाङटुगे, बाहिर पुदुवभित्र पुदुव, अन्तर पुदुव ठूली पाल्ती र जगुदुल्ला गाउँपालिकाका पाटनमा सिसीटिभी जडान गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । 

गोरु काटेर खाने ४ जना पक्राउ

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

 

 प्रचण्डपुत्र प्रकाशलाई सम्झिँदा दिदीहरू भावुक: तिम्ले छाडेका जिम्मेवारी पूरा गर्दैछु बाबु !

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको २ वर्ष पूरा भएको छ ।

आजैका दिन अर्थात् २०७४ साल मंसिर ३ गते लाजिम्पाटस्थित तत्कालीन निवासमै प्रकाशको निधन भएको थियो ।

दोस्रो स्मृति दिवसमा प्रकाशलाई उनका दिदीहरू रेणु दाहाल र गंगा दाहालले फेसबूकमार्फत् सम्झिएका छन् ।

'बाबु कसरी लेखुँ तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छाडेका जिम्मेवारी पूरा गर्ने कोशिश गर्दैछु बाबु । 😭😭 Miss you every second 😭Rest in peace❤️ 😭💐' प्रचण्डकी कान्छी छोरी गंगा दाहालले फेसबूकमा लेखेकी छन् ।

प्रकाशले सम्हाल्दै आएको प्रचण्डको सचिवालयको जिम्मेवारी हाल गंगा दाहालले सम्हाल्दै आएकी छन् ।

भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रकाशकी माइली दिदी रेणु दाहालले पनि प्रकाशको सम्झनामा फेसबूक स्टाटस लेखेकी छन् ।

'दोस्रो स्मृति दिवस भावपूर्ण श्रद्धाञ्जली बाबु । Miss you babu !' रेणुले फेसबूकमा लेखेकी छन् ।

प्रचण्डका चार छोराछोरीमध्ये जेठी छोरी ज्ञानु दाहालको पनि निधन भइसकेको छ ।

 उपनिर्वाचन : भोट माग्दै शीर्ष नेता घरदैलोमा पुगे

भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् । 

विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता र्‍यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरू गरेको छ । उम्मेदवारी दर्तादेखि घरदैलो अभियानमा उपनिर्वाचनका प्रमुख प्रतिस्पर्धी तीन दल नेकपा, काङ्ग्रेस र नेमकिपाका शीर्षनेता हरेक दिन बिहानैदेखि उम्मेदवारसँगै मतदाताका घरघरमा हात जोड्दै भोट माग्न पुगेका छन् ।
     
गत कात्तिक २१ नेकपाका सचिवालय सदस्य वामदेव गौतम, पार्टी स्थायी समिति सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, शशिजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ र सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा डिपी ढकालको उम्मेदवारी दर्ता गराएको नेकपाले घरदैलोमा केन्द्रीय नेता परिचालन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x