२७ जेठ २०८३, बुधबार

आफूमाथि आक्रमण गर्ने अजिंगरको टाउको कुल्चियो चितुवाले (भिडियो)

आफूमाथि आक्रमण गर्ने अजिंगरको टाउको कुल्चियो चितुवाले (भिडियो)

केन्याको मासई मारा ट्रायांगल रिजर्भमा एक अजिंगरले चितुवालाई खान खोज्दा चितुवाले प्रत्याक्रमण गरेको छ । 

खासमा ती दुवैले इम्पालाको शिकार गर्न खोजेका थिए तर अजिंगरले पछि चितुवा ताकेको थियो । 

अजिंगरको आक्रमणपछि शुरूमा छक्क परेको चितुवा पछि चाहिँ हावामा उफ्रिन्छ र आफ्ना विशाल पञ्जाले अजिंगरलाई समातेर च्याप्छ । तर अजिंगरले पनि चितुवालाई बेर्न भ्याउँछ । 

सफारीमा घुम्न गएका मानिसहरूले चितुवालाई अजिंगरले खाना बनाउने ठानेका थिए । 

तर चितुवा अजिंगरको पकडबाट फुत्किन्छ र त्यसलाई मार्ने हिसाबमा टोकिदिन्छ । फोटोग्राफर माइक वेल्टनले यसको तस्वीर खिचेका हुन् । 

वेल्टनले भने, ‘सुन्दर चितुवालाई अजिंगरले मार्न लाग्यो भनेर हामीहरू निकै तर्सिएका थियौं । अजिंगरले बेरेको शिकारले निकै पीडादायी मृत्यु बेहोर्नुपर्ने हुन्छ । तर चितुवा बन्धनबाट फुत्कियो र उसले पहिला पञ्जाले अनि पछि दाँतले टोकेर अजिंगरलाई मारिदियो ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्