२६ जेठ २०८३, मंगलबार

तीन घण्टादेखि बालुवाटारमा नेकपा सचिवालय बैठक, नहट्ने मन्त्रीको जिम्मेवारी हेरफेरमा सकस !

तीन घण्टादेखि बालुवाटारमा नेकपा सचिवालय बैठक, नहट्ने मन्त्रीको जिम्मेवारी हेरफेरमा सकस !

बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक ३ घण्टादेखि निरन्तर चलिरहेको छ ।

बैठकमा मन्त्रिपरिषद् हेरफेरको कार्यसूचीसँगै सभामुखमा कसलाई ल्याउने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

हटाउने र नयाँ ल्याउने मन्त्रीहरू लगभग तय भइसकेपनि मन्त्रालय फेरबदल गर्ने मन्त्रीहरूको नाममा सहमति जुट्न नसकेको स्रोतले दाबी गरेको छ । 

मंगलवार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक रूपमै केही मन्त्रीहरू हट्ने र नयाँ आउने बताएका थिए । 

बुधवार बिहानैदेखि मन्त्रिपरिषद् हेरफेरको विषय चर्चामा रहेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीले बालुवाटारमा छलफल गरेपछि हट्ने र नयाँ आउने मन्त्रीहरूको सूची लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतलनिवास पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्