×

NMB BANK
NIC ASIA

आलम थुनिएको कारागारभित्र ठगीधन्दा, कैदीबन्दी गर्लफ्रेन्ड बोकेर जान्छन् डेटिङ !

मंसिर ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगीधन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ ।

Muktinath Bank

नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो ५ महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् । कार्यालय स्रोतका अनुसार बन्दीहरू दिलबहादुर गुरुङसँग २९ लाख, दिनेश आलेसँग १५ लाख, छुटिङ लामासँग दुई लाख, सुचेन्द्र राईसँग एक लाख ७२ हजार, ओमकार शाहसँग एक लाख, युनुस अन्सारीसँग एक लाख, झिल्के मोक्तानसँग २२ हजार र छिरिङ शेर्पासँग १९ हजार ठगेका हुन् । युनुस नक्कली भारतीय नोट तस्करी मुद्दाका बन्दी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari

‘मेरो श्रीमान्ले कारागारभित्रै पसल चलाउनुहुन्थ्यो, त्यहाँबाट चौकीदार सन्तोष गुरुङले तीन लाखभन्दा धेरैको सामान उधारो लगेको छ । उसले अरू १२ लाख नगद सापटी लगेको छ । मैले घरबाटै लगेर दिएकी हुँ,’ पीडित दिनेश आलेकी श्रीमती पवित्राले भनिन्, ‘पैसा फिर्ता माग्दा उसले मेरो श्रीमान्लाई कारागार नै सरुवा गरिदियो । अरू कैदीबन्दी पनि ठगिएका छन् ।’ 

Vianet communication
Laxmi Bank

कारागारबाहिर भने कैदीबन्दीलाई नियमित रासन खुवाउने पसले ठगिएका छन् । भैंसेपाटीस्थित स्वयम्भू खाद्य भण्डारका सञ्चालक अनिल खड्काको १८ लाख ४६ हजार ६ सय ४० रुपैयाँ र कालिमाटी तरकारी बजारका तरकारी व्यापारी अमीरराज खड्काको चार लाख ७५ हजार रुपैयाँ ठगी भएको छ । ‘मेरो पसलबाट सन्तोष गुरुङले उधारोमा तीन महिनासम्म रासन लग्यो । १८ लाखभन्दा बढी उठाउन बाँकी छ । धेरै ताकेता गरिसकेँ, तर अहिलेसम्म दिएको छैन,’ व्यापारी खड्काले भने । 

कारागारभित्रको आन्तरिक प्रशासन चलाउन जेल प्रशासनले कैदीहरूबाटै चौकीदार, नाइके र भाइनाइके बनाउने नियम छ । अन्य कैदीबन्दीको खाना, खाजादेखि खेलकुदसम्मको व्यवस्थापनको जिम्मा उनीहरूले नै पाएका हुन्छन् । तर, नख्खुमा उनीहरूबाट अन्य कैदी र व्यापारी ठगिँदा जेल प्रशासन भने उल्टै गल्ती ढाकछोप गर्न उद्यत छ ।

नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले कारागारका चौकीदार र नाइकेले कसैलाई नठगेको बताए । ‘यहाँका चौकीदार र नाइकेलाई म चिन्छु । समय भए म तपाईंलाई पनि चिनाइदिउँला । थोरबहुत भयो होला तर उनीहरूले यस्तो ठगी गर्दैनन्,’ पौडेलले भने, ‘उनीहरूविरुद्ध कसैले ठूलो षड्यन्त्र गरिरहेको छ ।’ 

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली भन्छन् – नख्खुका चौकीदार र नाइकेबारे गुनासा आएका छन्

नख्खु कारागारका चौकीदार र नाइकेबारे गुनासा आएका छन् । चौकीदार सन्तोष गुरुङको सन्दर्भमा हामीले नख्खु नै गएर बुझ्यौं । तर भरपर्दो प्रमाण नभेटिएकाले कारबाही प्रक्रिया अघि बढेन । ठगीका सम्बन्धमा भरपर्दो प्रमण भेटिए कारबाही हुन्छ, ढुक्क हुनुस् । 

डेटिङमा चौकीदार

चौकीदार पनि कैदीबन्दी नै हुन् । कारागारभित्र कैद भुक्तान गरिरहेको व्यक्ति बाहिर निस्किन मिल्दैन । कामले निस्किनै परे पनि सुरक्षाकर्मीको कडा निगरानी हुन्छ । तर नख्खु कारागारका चौकीदार सन्तोष गुरुङ कारागारबाट सजिलै निस्किएर डेटिङ समेत गएको तस्बिर नयाँ पत्रिकालाई प्राप्त भएको छ । तर उनको हर्कतबारे सुरक्षाकर्मी र जेलर अनभिज्ञता जनाउँछन् । 

नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेल भने गर्लफ्रेन्डसँग गुरुङले खिचेको फोटोमा पनि षड्यन्त्र भएको दाबी गर्छन् । ‘कस्तो फोटो हो ? कहाँको फोटो हो ? त्यसबारे मलाई थाहा भएन । यदि हो भने पनि त्यसमा षड्यन्त्र छ । समीरमानसिंह बस्नेत चिन्नुहुन्छ नि ? यसमा पक्कै उनीहरूकै हात हुनुपर्छ,’ पौडेलले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x