माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
असइ प्रितम लामा महानगरीय प्रहरी परिसरको विशेष टीममा थिए । डीएसपी होबिन्द्र बोगटीको कमान्डमा सादा पोसाकको प्रहरी टोलीका उनी एक सदस्य थिए ।
प्रहरीका महत्त्वपूर्ण अप्रेसनमा सहभागी भएर धेरै अभियुक्त पक्राउ गरेका उनी पैसाको लोभमा परेर आफैं अपराधमा लागे ।
गत साउनमा बौद्धमा ६ सय ग्राम सुन लुटपाटमा संलग्न भएको खुलेपछि उनलाई नै हिरासतमा राखेर परिसरले मुद्दा चलायो । हाल उनी जेलमा छन् ।
असइ सन्तोष सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले आफ्नो विशेष टोलीका इन्चार्जका रूपमा खटाएका थिए । सुवेदीको टोलीले अपराध अनुसन्धानमा केही राम्रा काम पनि गरेका थिए । काम गर्ने मात्र नभई उनीहरू अवैध असुलीका गतिविधिमा पनि संलग्न थिए । ९ कात्तिकमा उनको असली रूप थाहा भयो ।
लेकसाइडको होटेल क्रिस्टल प्यालेसमा उनीहरू छापा हान्न गएका थिए । जुवाखालबाट बरामद एक लाख २० हजार रुपैयाँ उनीहरूले आफ्नो स्कुटरमा लुकाएका थिए । जसमा असइ गौतमसहित जवान अनिल ढकाल र जीवनाथ लामिछानेको समेत संलग्नता थियो । हाल उनीहरूलाई निलम्बन गरेर कारबाही अघि बढाइएको छ ।
यी घटनाले सूचना संकलन र अपराध अनुसन्धानका नाममा खटाइने ‘घुमुवा प्रहरी’हरू कस्ता गतिविधिमा संलग्न हुन्छन् भन्ने प्रस्ट हुन्छ । सादा पोसाकमा खटिने प्रहरीहरू विगतमा पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए । जसका कारण संगठन नै बदनाम भएको थियो । तर प्रहरी नेतृत्वले उनीहरूलाई सच्याउन कुनै पहल गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यस्ता प्रहरीलाई अपराध अनुसन्धान समूह बनाएर परिचालन गर्न पाँच वर्षअघि नै प्रहरी प्रधान कार्यालयले योजना बनाएको थियो । उनीहरूलाई गैरकानुनी गतिविधिबाट रोक्न अपराध अनुसन्धान विभागले नियमन गर्ने योजना बनाएको थियो । तर योजना कार्यान्वयन नहुँदा उनीहरूका अवैध गतिविधि बढेका छन् ।
१० वर्षदेखि एकै ठाउँमा
उपत्यकाका कतिपय वृत्तमा १० वर्षदेखि एकै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ उनीहरू स्थानीय सबैसँग घुलमिल भइसकेका छन् । जबकि, घुमुवा प्रहरीको काम गोप्य रूपमा सूचना संकलन गर्नु हो । यसले सूचना संकलनभन्दा पनि अन्य गतिविधिका लागि उनीहरू खटिने गरेको प्रस्ट हुन्छ ।
सूचना संकलन गर्ने अर्कै निकाय महानगरीय अपराध महाशाखामा पनि १० वर्षभन्दा लामो समयसम्म एउटै प्रहरी कार्यरत छन् । उनीहरूको गुन्डादेखि हुन्डी कारोबारीसँग हिमचिम हुने गरेको छ ।
सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर उपत्यकाका सबै वृत्तमा अपराध महाशाखाको शाखा छ । तर पनि वृत्तहरूमा छुट्टै घुमुवा टोली राखिएको छ । उनीहरूको काम सूचनाभन्दा पैसा संकलन हुने गरेको छ । ‘हाकिमसाबहरू आफैं पैसा उठाउन डराउँछन्, उपत्यकाको एक वृत्तका प्रहरी अधिकृत भन्छन्, ‘घुमुवामार्फत नै सबैले पैसा उठाउने गरेका छन् ।’
प्रहरी प्रवक्ता विश्वराज पोखरेल इन्टेलिजेन्समा खटिने प्रहरीले बदमासी गर्दा सम्बन्धित कार्यालयको कमान्डरको गल्ती हुने बताउँछन् । ‘उनीहरूलाई नियमन गर्ने जिम्मेवारी सम्बन्धित कमान्डरकै हुन्छ, सादा पोसाकमा खटिने प्रहरीले बदमासी गर्नु भनेको कमान्डरकै कमजोरी हो,’ उनले भने ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन् – घुमुवाले बदमासी गरे कमान्डरको दोष
इन्टेलिजेन्समा खटिने प्रहरीले बदमासी गर्दा सम्बन्धित कार्यालयको कमान्डरको गल्ती भएको मानिन्छ । उनीहरूलाई नियमन गर्ने जिम्मेवारी सम्बन्धित कमान्डरकै हुन्छ । सादा पोसाकमा खटिने प्रहरीले बदमासी गर्नु भनेको कमान्डरकै कमजोरी हो ।
आईजीपी नै खटाउँछन् घुमुवा
प्रहरी कार्यालय मात्र होइन, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नै घुमुवा प्रहरी परिचालन गरेका छन् । इन्स्पेक्टर कृष्णदेव साहको नेतृत्वमा महानिरीक्षक खनालले १३ जना घुमुवा तराईका जिल्लामा खटाएका छन् । जुन टोलीका बारेमा प्रदेश र जिल्लाका प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको छैन ।
खासगरी तस्करी गर्ने समूहसँग उनीहरूको उठबस हुने गरेको स्रोत बताउँछ । इन्स्पेक्टर साहको नेतृत्वमा खटिएका घुमुवा विगतमा पटक–पटक कारबाहीमा परेर बदनाम भएका छन् ।
लामो समयदेखि तराईका जिल्लामा काम गरेका ती प्रहरीलाई विना उद्देश्य आईजीपीले त्यसरी खटाउनुलाई प्रहरी अधिकारीहरूले नै आश्चर्य मानेका छन् । ‘करीब १९ वर्षअघिसम्म प्रहरीमा आईजीपीले यसरी घुमुवा खटाउने चलन थियो,’ एक प्रहरी अधिकारीले भने, ‘अहिले फेरि यस्तो विकृति शुरू भएको छ ।’
पौडेललाई गोली हान्ने घुमुवा फिल्डमै
निलम्बन गरी फौजदारी मुद्दा चलाउन सिफारिस गरिएका ३ जना घुमुवा प्रहरीलाई प्रहरी प्रधान कार्यालयले फिल्डमै खटाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिई गोली हानेको आरोपमा कारबाही सिफारिस भएका इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई अझै कारबाही गरिएको छैन ।
सर्लाहीमा घुमुवा प्रहरीबाटै गोली हानी हत्या गरिएका कुमार पौडेल
राष्ट्रिय मानवअधिकार आयोगले उनीहरूलाई तत्काल निलम्बन गरी ज्यान मुद्दा चलाउन सिफारिस गरेको थियो । दोहोरो मुठभेड नभई हत्या गरेको ठकर गरी आयोगले त्यस्तो सिफारिस गरे पनि उनीहरूलाई कारबाहीको सट्टा फिल्डमै खटाइएको छ । गोली हान्न निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत आयोगले कारबाहीको निर्देशन दिएको थियो । प्रहरी महानिरीक्षक खनालको निर्देशनमै पौडेलमाथि गोली प्रहार भएको आयोगको ठहर छ ।
पौडेलको मृत्यु भइसकेपछि मात्र जिल्लाका अन्य प्रहरीले जानकारी पाएका थिए । सर्लाहीका एसपी गोपाचन्द्र भट्टराईलाई आईजीपी खनालले फोन गरेर जानकारी गराएपछि मात्र आफ्नै जिल्लामा भएको घटना थाहा पाएका थिए । प्रदेश प्रहरी कार्यालयका प्रहरीले समाचार पढेर थाहा पाएका थिए ।
गत ५ असारमा पौडेलको सर्लाहीको लालबन्दीमा हत्या भएको थियो । इन्कान्टरका नाममा गैरन्यायिक हत्या बढेको भन्दै आयोगले यस्ता गतिविधिमा संलग्न प्रहरीलाई नै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...