×

NMB BANK
NIC ASIA

राजस्व छल्नेहरू धमाधम सरकारको फन्दामा

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजस्वमाराले योजनाबद्ध रूपमा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छली गर्दै आइरहेको राजस्व अनुसन्धान विभागका अधिकारीले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

विभागका अधिकारीका अनुसार राजस्व छली गर्नेहरूले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासुसमेत काठमाडांै ल्याएको भेटिएपछि राजस्व छलीका विभिन्न रूप प्रकट हुन थालेका हुन् ।

Vianet communication
Laxmi Bank

छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । 

विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए । महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए । 
‘चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट बिनाघोषणा रेफ्रिजेरेटरयुक्त कन्टेनरसहित टनका टन तयारी मासुसमेत काठमाडौं ल्याउने गरिएको छ, जुन राजस्व छलीको डरलाग्दोरूप हो,’ मैनालीले भने । उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्ने्सित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए ।

पछिल्लो समय विभागको अनुसन्धान टोलीले टोयटा कम्पनीका दुईवटा चोरीका फर्चुनल गाडी र बिनाघोषणा सर्लाहीको मलंगवा भन्सार हुँदै काठमाडौं ल्याइपुर्‍याएका ११ टन (फ्रोजन) तयारी मासु नियन्त्रणमा लिई सो कार्यमा संलग्नलाई कानुनी कारबाहीका लागि हिरासतमा राखिएको जनाइएको छ ।

विभागका महानिर्देशक मैनालीका अनुसार काठमाडांैका २ जना व्यवसायी दीपज्योति ग्रूप एन्ड फुड प्रोडक्ट कम्पनीका सञ्चालक बासुदेव मरहट्टा र सीआर ट्रेडिङका सञ्चालक रिंकी चौधरी साहले केही दिनअघि विना घोषणा सर्लाहीको मलंगवा भन्सार हुँदै काठमाडांै ल्याइपुर्‍याएका ११ टन (फ्रोजन) तयारी मासु नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतीय दुईवटा रेफ्रिजेरटरयुक्त कन्टेनरबाट भन्सारमा हरियो केराउ, मकै, फिंगरचिप्स घोषणा गरी लुकाएर ल्याएको कुखुरा र हाँसको मासु एवं केही केजी गंगटासहितको तयारी मासु काठमाडांै ल्याएका थिए । अहिले यस्तो अवैध कार्यमा संलग्न व्यवसायीहरू प्रहरी हिरासतमा रहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

यसैगरी, भारतबाट चोरी गरी ल्याइएको हाल नेपालमा करिब १ करोड ६५ लाखदेखि १ करोड ७२ लाख रुपैयाँ पर्ने जापानी कार उत्पादक कम्पनी टोयोटाको दुईवटा २०१९ मोडलको ‘फर्चुनर’ कार यातायात व्यवस्था कार्यालयबाट वैधानिक गराउने क्रममा नियन्त्रणमा लिइएको विभागले जनाएको छ । 

विभागले मंगलवार मात्र नक्कली बिजक प्रयोग गरी १० करोड १५ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा काठमाडांैको ग्रिन टोबाको कम्पनी प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । दोलखा घर भई हाल काठमाडौं बस्दै आएका सो प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठलाई विपक्षी बनाई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

श्रेष्ठसँगै विभागले सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका प्रोपाइटर सरोज केसी, आरएस स्टोरका प्रोपाइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगकी प्रोपाइटर सुष्मा गोयन्कालाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको जनाएको छ ।

यसैगरी, गोल्डन टोबाको इन्डस्ट्रिजका सञ्चालक र सहयोग सुर्ती उद्योगका प्रोपाइटर दिनेश बासुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोपाइटर जानुका कार्कीलाई प्रचलित कानुनबमोजिम अन्तःशुल्क स्टिकर नलगाई सुर्तीजन्य वस्तु बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको विभागले जनाएको छ । उनीहरूविरुद्ध दायर मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१)र(३)बमोजिम बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद सजायको माग गरिएको विभागले जनाएको छ ।

यसअघि विभागले आइतबार मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बीजक प्रयोग गर्ने दुईवटा फर्मका दुई महिलासहित तीन जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । विभागले १ करोड ७४ लाख २१ हजार ८ सय ७० बिगो र बिगोको दोब्बरसम्म जरिमाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

साबिक गोरखा जिल्ला हंसपुर गाविस ५ मा स्थायी बसोवास भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने अम्बेल इन्टरप्राइजेजकी प्रोप्राइटर विनिता दुवाडीलाई राजस्व चुहावट गरेको अभियोगमा १ करोड २८ लाख ७६ हजार ५ सय ४५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । अम्बेल इन्टरप्राइजेजले वस्तु तथा सेवा खरिद नै नगरी भ्याट बीजक मात्र खरिद गरी भ्याट र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको विभागले जनाएको छ ।

राजस्व चुहावटमा अपनाइने तरिका
भ्याट र अन्तःशुल्कको नक्कली कारोबार
न्यून विजकीकरण
झूटा अनुमतिपत्रबाट निकासी पैठारी
मालवस्तुको गलत घोषणा
ठाडो तस्करी
कागजात नै नक्कली बनाउने
कर नलाग्ने वस्तु बजारमा बेचेर
बिनाबिल बिक्री गरेर
फल्सबटम बनाउने
अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने
राजस्व चुहावटका सम्भावित क्षेत्र
अन्तःशुल्कमा
आयकरमा
भन्सार बिन्दुमा
मूल्य अभिवृद्धिकर (भ्याट)मा
नियन्त्रणमा देखिएका कमजोरी
अनुसन्धान प्रक्रिया वैज्ञानिक नहुनु
सूचना संयन्त्रको कमी
नियन्त्रण र सन्तुलनको अभाव
खुला सिमाना
राजस्व गस्ती प्रभावकारी नहुनु

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x