×

NMB BANK
NIC ASIA

श्रीलंकाको सत्तामा महिन्दा राजपक्षको पुनरागमन, के होला तमिलहरूको भविष्य ?

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीलंकामा १० वर्षसम्म राष्ट्रपतिका रूपमा शासन चलाएका महिन्दा राजपक्ष फेरि एकपटक सत्तामा फर्किएका छन् । यसपालि उनी प्रधानमन्त्री बनेका छन् । 

Muktinath Bank

बहालवाला राष्ट्रपति गोताबाया राजपक्षले आफ्ना दाइ महिन्दालाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् । श्रीलंकामा जनवरी महिनामा संसदीय चुनाव हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेकौं मानवअधिकारहरू हनन गरेको गम्भीर आरोप महिन्दामाथि लागेको छ । 


Advertisment
Nabil box
Kumari

तर महिन्दाका बारेमा नकारात्मक कुरा मात्र गर्न मिल्दैन । उनको व्यक्तित्व आकर्षक छ । 

Vianet communication
Laxmi Bank

बीबीसीका पत्रकार चार्ल्स हेभील्यान्डले महिन्दालाई घरै गएर भेटेका थिए । त्यतिखेर उनका छोरा र राजनीतिक उत्तराधिकारी नमलले हेभील्यान्ड र सहयोगीलाई स्वागत गरे अनि पितासँग भेटघाट गराए । महिन्दा त्यतिखेर एउटा कोठामा आराम गरिरहेका थिए । 

लामो कुराकानी चलिरहँदा महिन्दाले एकपटक पनि घडी हेरेनन् । उनले पत्रकारहरूलाई गइदिए हुन्थ्यो भन्ने किसिमको भाव देखाएनन् । 

पछि पत्रकारहरूबाट घेरिँदा पनि उनको व्यवहार त्यस्तै रह्यो । 

आफ्नो यही मेलजोलपूर्ण प्रवृत्तिका कारण महिन्दा सिंहाली जनतामाझ अत्यन्तै लोकप्रिय रहे । 

सिंहालीहरू श्रीलंकामा ७० प्रतिशत छन् । तमिल टाइगरविरुद्धको युद्धमा जीत हासिल गरेपछि महिन्दाको लोकप्रियता चरमचुलीमा पुग्यो । 

जीतले उनलाई महान् त बनायो तर जित्नका लागि उनले अपनाएको तरिकालाई पनि जायज ठहर्‍याउन थालियो । 

सन् २००९ को मे महिनामा तमिल टाइगरविरुद्धको युद्ध सकिएको खुशियाली कोलम्बोका सडकमा जति मानिसले मनाइरहेका थिए, लगभग त्यति नै मानिस चुपचाप दुःखमनाउ पनि गरिरहेका थिए । 

त्यस्तो दुःखमनाउ गर्नेमा श्रीलंकाका अल्पसंख्यक तमिल समुदायका मानिस थिए । उनीहरूले आफ्ना बालबालिका, आमाबुवा, पतिपत्नी, दाजुभाइ तथा दिदीबहिनी गुमाएका थिए । 

गृहयुद्धका अन्तिम दिनहरूमा लिट्टेको कब्जामा रहेको सानो क्षेत्रमा श्रीलंकाली सेनाले पूरै शक्ति लगाएर कारवाही चलाएको थियो । लिट्टे सैनिकहरूलाई भाग्नका लागि कुनै बाटो थिएन । 

अन्तिम युद्धमा तमिलहरूले आफ्नो घर ध्वस्त भएको देख्नुपर्‍यो । लिट्टेले उनीहरूका प्रियजनलाई जबर्जस्ती आफ्नो सशस्त्र गुटमा भर्ना गरेका थिए । 

श्रीलंकाली सेनासमक्ष आत्मसमर्पण गरेपछि उनीहरूका प्रियजन बेपत्ता बनाइए । 

उनीहरूले सेतो झण्डा फर्फराएका तमिल टाइगर्सका लडाकूहरूलाई हिरासतमा लिनुअघि र पछि मारिएको समेत देखेका थिए ।

सरकारले अस्वीकार गरेको भए पनि गृहयुद्धको अन्तिम चरणमा यसो गरिएको भिडियो सार्वजनिक भएको थियो ।

महिन्दा राजपक्ष सरकारप्रमुख हुँदा शिक्षामन्त्री बनेका एसबी दिशानायकेले सार्वजनिक मञ्चमै अनेकौं एलटीटीई विद्रोहीहरूलाई सेनाको हिरासतमा मारिएको बताएका थिए । 

श्रीलंकाको उत्तरी क्षेत्रमा ठूलो संख्यामा पूर्व विद्रोही र तमिल नागरिकहरू बेपत्ता थिए । तमिलबहुल क्षेत्रमा मात्र यसो भएको हैन । 

मानिसहरू कोलम्बोबाट पनि गायब भइरहेका थिए । 

त्यतिखेर एक वरिष्ठ प्रहरी अधिकारीले सरकारविरोधी प्रदर्शन रोक्नका लागि पर्याप्त संख्यामा सेतो रंगका भ्यानहरू भएको कुरा मिडियालाई बताएका थिए । 

सरकारको छत्रछायाँमा गरिने अपहरणमा यिनै सेता रंगका भ्यानहरू उपयोग गरिन्थे र ती भ्यान अहिलेसम्म पनि बदनाम छन् । 

सन् २०१५ मा महिन्दा राजपक्ष र उनका सहयोगीहरू सत्ताबाट बाहिरिएपछि मानवअधिकार हननका विषयमा कुनै पनि प्रगति भएको छैन । 

तमिलहरू र मानवअधिकार अभियन्ताहरू श्रीलंकामा अहिले पनि कुनै परिवर्तन नआएको बताउँछन् ।

बीबीसीबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x