मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मंसिर ५, २०७६
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलोधूवाँमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
बिहीवार शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हाल्नेक्रममा मन्त्री नेम्वाङले काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउने बताएका हुन् ।
‘यति समयमै भन्दिनँ तर काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछु,’ उनले भने ।
निर्माणाधीन सडक योजना पूरा गर्ने प्रतिबद्धता जनाएका मन्त्री नेम्वाङले पुराना राम्रा कामहरूलाई निरन्तरता दिने पनि बताए ।
सोही कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले आफू सफल मन्त्रीको रूपमा सिंहदरबारबाट बाहिरिन लागेको दाबी गरेका थिए ।
महासेठले भने– ‘म सफल मन्त्री भएर बाहिरिँदैछु, प्रधानमन्त्रीले मलाई विश्वास गरेर मन्त्री बनाउनुभएको थियो र अहिले पनि उहाँकै निर्णयलाई सर्मथन गरेको छु ।’
महासेठले मन्त्रालयमा आएपछि आफूले २ सयभन्दा बढी पक्की पुल र १ हजार किलोमिटरभन्दा माथि कालोपत्रे सडक निर्माण गरेर नयाँ रेकर्ड कायम गरेको बताए ।
‘नयाँ मन्त्रीज्यूले योभन्दा पनि धेरै काम गरेर अझ नयाँ रेकर्ड कायम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र मेरो पनि सहयोग रहनेछ,' उनले भने ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...