फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।
पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।
‘राष्ट्रपति पुटिनको ३ दिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रूस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतले भन्यो ।
नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ ।
मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत यस्तो धातु रहेको विभागको ठहर छ । अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथानमा रहेको पुष्टि भएको छ ।
रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार फराकिलो बनिरहेका बेला नेपालमा अहिलेसम्म यसबारे कानुन बनेको छैन । रेडियोधर्मी पदार्थ उत्खनन, प्रशोधन र अन्तर्रा्ष्ट्रिय बजार निर्यात गर्न आवश्यक पर्ने कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले नेपाललाई सहजीकरण गर्दै आएको छ ।
पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपैयाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार रूसको राजधानी मस्को जाँदै छन् ।
उनी रसियाली समकक्षी सर्गेइ लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मस्को जाने तयारीमा जुटेका परराष्ट्र मन्त्रालयले जनाएको छ । तर पुटिनको नेपाल भ्रमणबारेको विस्तृत खबर आफूलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए ।
‘हाई लेभल भिजिटको सम्भावना सधैं हुन्छ तर तत्काललाई रसियाबाट त्यस्तो कुनै खबर आएको छैन, मन्त्रीज्यू चाहिँ शनिवार उता जाँदै हुनुहुन्छ,’ उनले भने ।
ज्ञवाली द्विपक्षीय मन्त्रीस्तरीय बैठक र रसियाका राजनीतिक दलका नेतासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँगको भेटवार्तामा सहभागी हुने परराष्ट्रले जनाएको छ ।
नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । औपचारिक सम्बन्ध स्थापना भएको यति लामो अवधिमा सो मुलुकका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छैन ।
त्यहाँका प्रधानन्याधीश, कम्युनिस्ट पार्टीका, तल्लो र माथिल्लो सदनका सांसदलगायतले मात्रै नेपाल भ्रमण गरेका छन् । नेपालका तर्फबाट भने पूर्वराजाहरू महेन्द्रले सन् १९५८, वीरेन्द्रले सन् १९७६ मा र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१० मा रूसको भ्रमण गरेका थिए ।
तत्कालीन सभामुख सुवास नेम्वाङ, तत्कालीन एवं वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतले पनि सो मुलुकको भ्रमण गरेका छन् । सरकारको पहल प्रभावकारी नहुँदा रूसबाट नेपालमा अहिलेसम्म उच्चस्तरीय भ्रमण हुन नसकेको सो मुलुकका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् ।
नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति र परिचयलाई फराकिलो बनाउन सबै मुलुकसँगको उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘ग्लोबल चेन्जमा सबैको सहयोग चाहिन्छ, नेपालबाट प्रभावकारी पहल भयो भने रूसबाट उच्चस्तरको भ्रमण असम्भव छैन,’ श्रेष्ठले भने ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...