×

NMB BANK
NIC ASIA

लाखौं मूल्यको चामल कुहिएर खेर जाँदै, सरकार मौन

मंसिर ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ ।

Muktinath Bank

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।


Advertisment
Nabil box
Kumari

आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।

Vianet communication
Laxmi Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो । तर आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् । आजको राजधानी दैनिकमा खबर छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक योगेन्द्र गौचन कम्पनीको महानिर्देशक रहेका थिए । उनले ११ कातिकबाट अवकाश पाइसकेका छन् । हाल कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले कम्पनीको सबै जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कम्पनीको गोदाममा लाखौंको मूल्यको चामल कुहिनुमा त्यहाँ कार्यरत कर्मचारीको चरम लापरबाही भएको पाइन्छ । यसका साथै सरोकारवाला निकाय वाणिज्य विभागदेखि आपूर्ति मन्त्रालयका सचिव र मन्त्रीसमेत जिम्मेवार रहेको बताइन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेत उतिकै जिम्मेवार रहेको छ । कुनै सरकारी तथा निजी व्यापार कम्पनीका खाद्य गोदाम तथा भण्डारणमा राखेका खाद्यान्न वस्तुको गुणस्तर छ वा छैन भनेर अनुगमन गर्ने जिम्मा विभागको हो । तर विभागले पनि कडाइका साथ अनुगमन गरेको देखिँदैन ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले गोदाममा थन्काएर राखेको खाद्यान्न गुणस्तरयुक्त भए नभएको बारे अनुगमन हुनुपर्ने बताए ।

कम्पनीमा कार्यरत केही कर्मचारीको लापरबाही र अनियमितता कारण कम्पनीको अवस्था खस्किँदै गएको स्रोतको दाबी छ । कमिसनको लोभमा धान चामल किन्दा वा बोरामा प्याकिङ गर्दा कमसल बोराको प्रयोग गर्नाले गोदाममा राखिएको चामल छिट्टै कुहिने गरेको स्रोतको भनाइ छ । कम्पनीमा देखिएको अनियमितताको छानबिन गर्नुपर्ने र त्यहाँ कार्यरत कर्मचारीको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने माग उठेको छ ।

कर्मचारीको लापरबाहीका कारण कम्पनीको अञ्चल कार्यालय थपाथलीको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको हो । सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ ।

कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्नसमेत कठिन भएको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x