×

NMB BANK
NIC ASIA

जनमोर्चा उम्मेदवारलाई भोट माग्न चित्रबहादुरसँगै प्रचण्ड र विष्णु पौडेल बाग्लुङ आउने

मंसिर ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा यही मंसिर १४ गते हुने उपनिर्वाचनलक्षित वाम गठबन्धनको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड बाग्लुङ आउने भएका छन् ।

Muktinath Bank

उपनिर्वाचनको चुनावी मिति नजिकिएसँगै नेकपा र राष्ट्रिय जनमोर्चासम्बद्ध वाम गठबन्धनले जिल्लाको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ बजारमा विशाल चुनावी आमसभा आयोजना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष प्रचण्डका अलावा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी र नेकपा महासचिव विष्णु पौडेल बुर्तिबाङ आउने वाम गठबन्धनले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

पश्चिम बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको विशाल आम सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा निकट नेता कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने वाम गठबन्धनले बताएको छ । बाग्लुङ २ (ख) मा  ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटिएका छन् ।

Vianet communication
Laxmi Bank

राजनैतिक दलहरू आ-आफना चुनावी एजेण्डा र घोषणा पत्रसहित मत माग्न निकै व्यस्त रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल कम्युनिस्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलको आगमनले बागलुङ क्षेत्र नं २ प्रदेश ख उल्लासमय माहोल बनेको दाबी वाम गठनबन्धनको छ ।

मंसिर १४ नजिकिँदै गर्दै पश्चिम बाग्लुङमा उपनिर्वाचनको चुनावी सरगर्मी बढेको छ ।

बागलुङ क्षेत्र नं २ प्रदेश (ख) का सांसद टेकबहादुर घर्तीको गत वर्ष उपचारको क्रममा निधन भएपछि रिक्त पदपूर्तिका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त वाम गठबन्धन निर्माण गरी खिमविक्रम शाहीलाई उम्मेदवार बनाएका छन् ।

कांग्रेसका तर्फबाट भने जीत शेरचन उम्मेदवार बनेका छन् । समाजवादी पार्टी नेपालले अशोक विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

अहिले विभिन्न राजनैतिक दलका नेता आफ्ना उम्मेदवारलाई मत माग्न गाउँ टोलमा पुगेका छन् । नेता/कार्यकर्ता तथा शुभेच्छुक भोट माग्न मतदाताको घरदैलोमा व्यस्त देखिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x