×

NMB BANK
NIC ASIA

निवर्तमानको घर फिर्ती

मन्त्रीबाट हटाइएकाहरूलाई क्वार्टर छाड्ने चटारो : कोही भाइको घरमा, कसैलाई छोरीको सहारा !

मंसिर ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार मन्त्रिपरिषद्बाट हटाइएका निवर्तमान मन्त्रीमध्ये केही राजधानीस्थित आफ्नै घरमा सरिसकेका छन् भने कतिपयलाई डेरा खोज्नै मुश्किल परिरहेको छ ।

Muktinath Bank

मन्त्रिपरिषद् पुनर्गठन हुने लामो हल्लाबीच बुधवार अबेर साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर उनीहरूको स्थानमा नयाँ मन्त्री नियुक्त गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हटाइएका र नयाँ आउने मन्त्रीहरूको नामावली राष्ट्रपति कार्यालयले सोही दिन बेलुका अबेर सार्वजनिक गरेको थियो ।


Advertisment
Nabil box
Kumari

मन्त्रीबाट हटेकाहरूलाई अहिले सरकारी क्वार्टर खाली गर्ने चटारो छ ।

Vianet communication
Laxmi Bank

२० महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा काम गरेका निवर्तमान मन्त्री लालबाबु पण्डित अझै ललितपुरको पुल्चोकस्थित आफ्नो क्वार्टर छाडेका छैनन् । 

लोकान्तरसँग कुरा गर्दै पण्डितले आफूले डेरा नपाएका कारण क्वार्टर छाड्न नपाएको गुनासो गरे ।

'मसँग व्यक्तिगत सवारीसाधन नभएकाले सकेसम्म संसद् भवन बानेश्वरनजिकै डेरा सर्न पाए हुन्थ्यो भन्ने लागेको छ,' पण्डितले भने, 'बिहानदेखि बेलुकीसम्म भात पनि नखाई डेरा खोजिरहेका छौं ।' 

राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरूको नाम सार्वजनिक नगर्दै पुल्चोकस्थित मन्त्री क्वार्टर छाड्ने निवर्तमान मन्त्री हुन् मातृका यादव ।

उनका सहयोगी सन्तोष बिष्टले बुधवार साँझ नै मन्त्री क्वार्टरका सबै सामान बरबुझारथ गरेर क्वार्टर छाडिसकेको जानकारी लोकान्तरलाई दिए । 

यादव अहिले भक्तपुरस्थित ठिमी चारदोबाटोमा रहेको आफ्नो पुरानो डेरामा सरेका छन् ।

'त्यो पहिलेदेखिकै डेरा थियो,' बिष्टले भने, 'मैले त्यही दिन शहरी विकास मन्त्रालयअन्तर्गतको भवन विभागबाट औपचारिकता लिएर सामानहरू सारिसकेको थिएँ ।' 

२१ महिनाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका यादवको हक्की स्वाभावका कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलाबेलामा टसल पर्ने गर्दथ्यो ।

हटाइएका मन्त्रीमध्ये यादवको चर्चा सबैभन्दा धेरै थियो । 

उनले आफूले गर्न खोजेका कामहरू क्याविनेटमा अल्झाएर राखेको भन्दै पटक-पटक प्रधानमन्त्रीसँग असन्तुष्टि पोख्ने गर्दथे ।

बुधवार सत्तारूढ दलका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भएको भेटमा यादवले आफू मन्त्री भएर बसिरहन नचाहेको र प्रधानमन्त्रीसँग कुनै कुरा गर्नु नपर्ने सुझाव दिएका थिए ।

यसैगरी निवर्तमान महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर आफू छोरीको घरमा सर्ने तयारीमा रहेको बताउँछिन् ।

'टोखामा छोरी बिजयाको घर छ, सोमवार त्यता सर्छु होला,' लोकान्तरसँगको कुराकानीमा थममायाले भनिन् ।' उनी सोमवारसम्म मन्त्री क्वार्टरमै बस्नेछिन् ।

२० महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका निवर्तमान मन्त्री गोकर्ण विष्टको राजधानीस्थित सामाखुसीमा आफ्नै घर छ ।

विष्ट बिहीवारै आफ्नो घरमा सरिसकेका छन् ।

निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल सतुंगलस्थित भाइको घरमा सरेका छन् । खनाललाई प्रेस संयोजक बनेर सघाएका पत्रकार बोमलाल गिरीले खनाल बिहीवारै सतुंगल सरेको जानकारी दिए । 

'डेरा खोज्ने काम जारी छ,' गिरीले लोकान्तरसँग भने, 'केही दिनमा आफ्नै डेरामा सर्नुहोला ।'

गत सालको जेठमा सार्वजनिक भएको सबै मन्त्रीहरूको सम्पत्ति विवरणमा अहिले हटाइएका निवर्तमान भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका थिए ।

ललितपुरको नख्खुमा उनको आफ्नै आलिशान बंगला छ । जग्गा जमिन पनि प्रसस्त छ ।

क्वार्टर भाग पुगेसम्म मन्त्रीहरू ललितपुरस्थित मन्त्री क्वार्टरमा सर्ने गर्दछन् । पहिला–पहिला जम्बो मन्त्रिपरिषद् हुँदा क्वार्टर नपुगेर केही मन्त्री बाहिरै बस्ने गरेका थिए, यद्यपि अहिले त्यस्तो समस्या छैन ।

सामान्यतया सुरक्षाको कारण देखाउँदै मन्त्रीहरूलाई क्वार्टरमै राख्ने गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भने अहिले क्वार्टरबाहिर बस्ने गरेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बसेका छन् ।

मन्त्री क्वार्टरको व्यवस्थापनको जिम्मेवारी शहरी विकास मन्त्रालयअन्तर्गत भवन विभागले लिने गरेको छ । 

नवनियुक्त मन्त्रीहरू क्वार्टरमा जाँदा आफूले प्रयोग गर्ने भाँडाकुँडा, लत्ताकपडा, ओढ्ने ओछ्याउने सामानहरू आफैं लिएर जानुपर्ने हुन्छ भने फर्किंदा पनि आफ्नो सामान फिर्ता लान पाइन्छ ।

पलङ, फर्निचर, मन्त्री सचिवालयले प्रयोग गर्ने कुर्ची, टेबल, कम्प्युटर भने मन्त्रीहरूलाई प्रयोगका लागि मात्र उपलब्ध हुने गर्दछ । 

मन्त्री पदबाट पदमुक्त भइसकेपछि भवन विभागबाट रुजु गराएर गेट पास लिई बाहिर जान पाइन्छ

क्वार्टरमा मन्त्रीको सुविधाका लागि दिइने सामानहरू पदमुक्त भइसकेपछि लिएर निस्किन पाइँदैन । 

पदमुक्त भएका मन्त्रीहरूको ठाउँमा बिहिवारै नवनियुक्त मन्त्रीहरूले सिंहदरबार पुगेर आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

नयाँ आएका ६ मन्त्रीमध्ये रामेश्वर राय यादवले श्रम, घनश्याम भुसालले कृषि, पार्वत गुरुङले महिला, बालबालिका तथा जेष्ठ नागरिक, लेखराज भट्टले उद्योग, हृदयेश त्रिपाठीले संघीय मामिला र बसन्त नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिइसकेका छन् । 

कार्यसम्पादन मूल्यांकनका आधारमा पुराना मन्त्रीहरू हटाउने भनिएतापनि यसपालिको पुनर्गठन त्यस्तो नदेखिएको भन्दै आलोचना भइरहेको छ ।

कार्यसम्पादन मूल्यांकनमा अब्बल मानिएका केही मन्त्री समेत हटेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x